तिहारको अन्तिम दिन आज भाइटिका / उत्तम साइत ११ बजेर ५५ मिनेटमा

0

डोलराज रानाभाट, गैडाकोट, १२ कार्तिक । यस वर्षको तिहारको आज अन्तिम दिन । यमपञ्चकको पाँचौ दिन आज भाइटीका । दिदीवहिनीहरुले दाजुभाईलाई संप्तरङ्गी टीका लगाइदिएर मनाइदैछ । भाइटीकाको उत्तम साइत मध्यान्न ११ बजेर ५५ मिनेट जाँदा रहेको पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । राष्ट्र प्रमुखहरुले साइतमै टीका ग्रहण गर्नुपर्ने र जनताहरुले साइतमा टिका ग्रमण गर्न नभ्याएपनि दिनैपनि राम्रो रहेको उहाँको भनाई छ । चन्द्रमा जता छन् त्यतै फर्केर भाइटिका ग्रहण गर्नुपर्ने बताउदै उहाँले अहिलेको भाइटिका ग्रहण गर्ने अर्थात् लगाउने व्यक्ति पश्चिम तर्फ फर्कनुपर्ने र लगाइदिने व्यक्ति पूर्व फर्कनुपर्ने उहाँको भनाई छ । सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठाई, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन रहेको हो। एकजना चेलीले आफ्नो दाजूलाई टीका लाउँदैगर्दा यमराजको दूत दाजूलाई लिन आईपुग्दा दाजुको मृत्यू निश्चय भएको बतायो । ति चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन आग्रह गरेको र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो अनि पूजा गरेको किवदन्ती छ । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशी भएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा चेलीले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजूभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।
यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किंवदन्ति रहेको छ ।
दिदीबहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरु दिएर दशैं पश्चातनै दाजूभाइलाई भाइटिकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजूभाइहरु आज दिदीवहिनीसंग टिका लगाउँदछन् । टिका लगाउनुपूर्व दिदीबहिनीले दाजूभाइलाई विशेष पूजा गर्नकालागि भूँईमा चकटि ओछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेल(पानी राखेर हरियो दूवोबाट पातलो धारा बगाउँदै पाँचपटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलाई भूटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेषगर्दै पूजा गर्दछन् । यमराजको प्रतिक मानेर विमिरा (एक प्रकारको ठूलो कागति प्रजातिको फल) को पूजा गरिसकेपछी, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फूटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजूभाइको आरोग्य अनि दिर्घायूको कामनागर्ने चलन छ ।
शिरमा तोरिको तेल लगाएर दाजुभाईको कपाल कोरेर अनि सप्तरङ्गी टि लगाईदिएपछि दाजुभाईले पनि दिदीवहिनीलाई टिका लगाईदिन्छन् । सप्तरङ्गी टिकाको कला एकअर्काको निधारमा सप्रेम लगाइसकेपछी दिदीबहिनीहरु आफ्नो गक्ष अनुसारको फलफूल, नैवेध, मरमसला दाजुभाईलाई प्रदान गर्दछन भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरु दिदीवहिनीको पाउमा राखेर ढोग्दछन् ।
आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन । दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।

Share.

Leave A Reply