प्रेस युनियन नवलपुरको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न÷ सरकार अधिनायकवाद तर्फः सांसद नेपाली

0

डोलराज रानाभाट, गैडाकोट, १० कार्तिक । नेपाल प्रेस युनियन नवलपुरले नेपालीहरुको महान पर्वहरुका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । गैडाकोटको होटल द नारायणी पार्टी प्यालेस गैडाकोटमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेशका सांसद कृष्णचन्द्र नेपालीले चाडपर्वहरुको शुभकामना दिँदै अहिलेको सरकारले संविधानले दिएका अधिकारहरु ध्वस्त पार्न लागेको आरोप लगाउनुभयो । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, आरक्षण लगायत उच्च प्रतिफलहरु केपी शर्मा ओली सरकारले बदनाम बनाएका कारण जनतामा निराशा छाएको र विरोधका स्वरहरु वढ्दै गएको बताउनुभयो ।

लोकतन्त्रमा विपक्षी दलले फाइदा लिने समय आएपनि नेतृत्व सक्रिय नहुँदा कम्युनिष्ट शासन बढ्दै गएको उहाँको भनाई थियो । अहिलेको सरकारले नियम कानुन निर्माण गरि अधिनायकवाद तर्फ उन्मुख भएको र त्यसको प्रेस युनियनले कडा प्रतिवाद गर्न सुझाव दिनुभयो । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतालाई सकुंचन गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई खोस्न विभिन्न विद्येयक पेश गरेको भन्दै यसले देशमा अधिनायकवाद आउन सक्ने खतरा रहेको उल्लेख गर्दे सभासद नेपालीले त्यसको कडा आन्दोलन गर्न आग्रह गर्नुभयो । पत्रकार आफै पनि दक्ष हुनुपर्ने भन्दै सांसद नेपालीले समाजमा भएका यथार्थ चित्र प्रस्तुत गर्न आग्रह गर्दै पत्रकारका लागि क्षणले ठूलो महत्व राख्ने बताउनुभयो । जसले पहिले समाचार ब्रेक गर्न सक्छ उसको क्षमता उत्कृष्ट हुने भन्दै प्रेस स्वतन्त्रताविना लोकतन्त्रको रक्षा हुन नसक्ने भन्दै अहिलेको सरकारले जनतालाई बोल्न, पत्रकारलाई लेख्न, कलाकारलाई गाउनबाट प्रतिवन्ध लगाउदै जाने बाटो अपनाएको भन्दै सवै पत्रकार र विपक्षी दल काँग्रेस मिलेर सरकारको गलत कदम विरुद्ध कडा प्रतिवाद गर्ने समय आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवम नेपाली काँग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले नेपाली काँग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको र आफू नेतृत्वमा रहेको संगठनले गरेका कमी कमजोरी र गल्तीहरु खुलेर लेख्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । पत्रकारले औल्याएका कुराहरुबाट सिक्ने मौका मिल्ने भन्दै प्रेस विरोधी गतिविधि सरकारबाटै भएकोमा दुख व्यक्त गर्दै त्यसको प्रतिवाद गर्न आफू सदैव तयार रहेको बताउनुभयो । नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष विरेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सहित सवै अतिथिलाई ढाका टोपी लगाएर सम्मान गर्दा सवै खुशी देखिएका थिए । कार्यक्रमको समापन गर्दै अध्यक्ष पराजुलीले सुर्यभक्त पतनादेवी राष्ट्रिय पत्रकारिता पुरस्कार मंसिर २० गतेनै वितरण गर्ने भन्दै चाँडै विद्यान निर्माणले पूर्णता पाउने बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, नेपाली काँग्रेसका नेता महेन्द्रध्वज जिसि,काँग्रेस नवलपुर सचिव बालकृष्ण घिमिरे, नेपाल किसान संघ केन्द्रीय सभापति भानु सिग्देल, महासमिति सदस्य मदनभक्त अधिकारी,प्रेस युनियन केन्द्रीय सचिव केवि राना, केन्द्रीय सदस्य दिलिप पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष नारायण शर्मा, महासंघ नवलपुर अध्यक्ष होमराज रानाभाट, प्रेस युनियन चितवन अध्यक्ष अनिल ढकाल, प्रेस संगठन जिल्ला अध्यक्ष हिमालदेव पंगेनी, नेपाल महिलासंघ जिल्ला सचिव सरस्वती तिमिल्सेना नेविसंघ पूर्व केन्द्रीय सदस्य गोकुल सापकोटाले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो । नेपाल प्रेस युनियन जिल्ला उपाध्यक्ष श्रीधर उपाध्यायले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण सचिव आशिष रेग्मीले गर्नुभएको थियो ।

Share.

Leave A Reply