विजय फाउण्डेशनले शिक्षा, स्वास्थ्य र मानविय सेवामा काम गर्ने

0


प्रेम क्षेत्री
कार्तिक १०, गैंडाकोट । नेपालीहरुको उज्यालोको पर्व शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा विजय फाउण्डेशन नेपालको आयोजनामा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

विजय विकास स्रोत केन्द्रको चेतना सदनमा भएको कार्यक्रमका वक्ताहरुले शुभकामना व्यक्त गर्दै सभ्य समाज निर्माण तथा संस्कृतिको संरक्षणमा जोड दिनुभएको थियो । विजय परिवार अन्र्तगतको संस्था विजय फाउण्डेशनलाई अझै क्रियाशिल बनाउँदै लग्नुपर्नेमा सुझाव समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतम, विजय विकास स्रोत केन्द्रका उत्प्रेरक तिलकप्रसाद सापकोटा, अर्का उत्प्रेरक एवम् कवि गोविन्दराज विनोदी, गैर आवासिय नेपाली संघ वेल्जियमका पुर्व अध्यक्ष गंगाधर गौतम, गैर आवासिय नेपाली संघ स्विजरल्याण्डका पूर्व अध्यक्ष राम महतो, गैर आवासिय नेपाली संघ पोर्चुगलका पूर्व उपाध्यक्ष भानु सापकोटा, गैर आवासिय नेपाली संघ जापानका कोषाध्यक्ष बावुराम सापकोटा, एनआईसि एसिया बैंक गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष केशवप्रसाद सापकोटा, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि. का अध्यक्ष गोपीनाथ खरेल, विजय सामुदायिक शिक्षा सहकारी संस्था लि. का अध्यक्ष टीकाराम कंडेल, विजय कन्सल्टिङ प्रा. लि.का अध्यक्ष एवम् विजय लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्साल, विजय विकास स्रोत केन्द्रका संस्थापक अध्यक्ष ऋषीराम सापकोटा, विजय लघुवित्त वित्तीय संस्था लि.का नायब कार्यकारी अधिकृत नारायण सापकोटा, विजयश्री उपभोक्ता सहकारी संस्था लि. का अध्यक्ष हरिलाल सापकोटा लगायत विजय परिवार अन्र्तगत संस्थाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजिकरण गर्दै विजय फाउण्डेशन नेपालका अध्यक्ष त्रिलोचन सापकोटाले विजय फाउण्डेशन नेपालले ३ वटा क्षेत्र विशेषगरि शिक्षा, स्वास्थ्य र मानविय सेवामा काम गर्ने उद्देश्यले स्थापना भएको बताउनुभयो । ‘नेपालीको धन, नेपालीको मन’ भन्ने अभिप्रायका साथ २०७४ सालमा स्थापित विजय फाउण्डेशन नेपालले १ करोडको अक्षयकोष स्थापना गरि सो रकमको ब्याजबाट समुदायमा शिक्षा, स्वास्थ्य र मानविय सेवामा काम गर्ने लक्ष्य राखेको छ ।

विजय फाउण्डेशन नेपालमा हाल ३९ जना सदस्य आवद्ध रहेका छन् ।

Share.

Leave A Reply