तिथिका कारण एकै दिन कुकुर तिहार र लक्ष्मी पुजा, भाईटिका कसरी लगाउने पढ्नुहोस् पुरै

0

हिमा अर्याल, गैडाकोट, कार्तिक १० । तिथि घटवढले गर्दा यस वर्ष कुकुर तिहार र लक्ष्मी पुजा एकै दिन परेको छ । आज कार्तिक १० गते आइतवार विहान चतुदर्शी तिथी परेकोले कुकुरको पुजा गर्नु पर्ने र साँझ लक्ष्मी पुजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले बताउनुभयो ।

विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गदै गौतमले दिवगंत पछिको आत्माको लागि कुकुरको पुजा गरिने प्रचलन रहेको जानकारी दिनु भयो । सन्ध्याकालमा गाईको गोबरले लितपोत गरि शुद्ध भएर लक्ष्मी पुजा गर्न उहाँले आग्रह गर्नुभयो । धनकी देवि लक्ष्मीलाई प्रसन्न गराउन रातभर जाग्राम बसेर आराधना गर्ने चलन समेत रहेको बताउँदै आजैबाट भैलो खेल्न सुरु गरिने बताउनुभयो । भैलो भनेको भलाई होस् भनी गाउने गित भएको भन्दै प्रा.डा गौतमले पछिल्लो क्रममा यसमा आएको विकृति सवै मिलेर रोक्नुपर्नेमा जोड दिनुभयो ।

दसैँ तिहार पर्व राष्ट्रिय पर्व भएको र यसमा कुनै जात, वर्ण जातिवीचको विभदे नभएको बताउँदै यसको संरक्षण र धार्मिक सहिष्णुतामा सवै एक भएर अघि बढ्न सुझाव दिनुभयो । साथै पछिल्लो समय ज्योतिषहरुले फैलाउने भ्रमले पनि जनता अन्यौलमा रहेको भन्दै शास्त्रमा बाहेकको गलत व्याख्या नगर्न सवैलाइ सचेत गराउनुभयो ।

भाइटिकाको उत्तम साइन ११ बजेर ५५ मिनेटमा

यसैविच प्रा.डा गौतमले कार्तिक १२ गते परेको भाइटिकको उत्तम साइन मध्यान्न ११ बजेर ५५ मिनेट जाँदा रहेको र राष्ट्र प्रमुखहरुले साइतमै काम गर्नुपर्ने र प्रजाहरले यति साइतमा टिका लगाउन नभ्याएपनि दिनपरि राम्रो रहेको उहाँको भनाई छ । चन्द्रमा जता छन् त्यतै फर्केर भाइटिका ग्रहण गर्नुपर्ने बताउदै उहाँले अहिलेको भाइटिका ग्रहण गर्ने अर्थात् लगाउने व्यक्ति पश्चिम तर्फ फर्कनुपर्ने र लगाइदिने व्यक्ति पूर्व फर्कनुपर्ने उहाँको भनाई छ ।

कुकुर तिहार र लक्ष्मी पुजा एकै दिन पर्नुका कारण के हो अनि यसको पुजा कसरी गर्ने लगायत तिहार विशेष कुराकानी नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमसँग सुन्न नभुल्नुहोला ।

Posted by Vijaya FM on Saturday, 26 October 2019

Share.

Leave A Reply