धवाह तालमा शुभकामना आदानप्रदान

0


कार्तिक ९, गैंडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटले धवाह तालमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
तालको संरक्षणमा सहयोग पुगोस् भन्ने हेतुले धवाह तालको प्रचारप्रसारका लागि गैंडाकोट नगरपालिका ९ स्थित धवाह तालमा शुभकामना अदानप्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा समाजसेवी केशवप्रासद सापकोटाले यस क्षेत्रको प्रसारप्रचार गरी दिनमा १० औँ हजार पर्यटक भित्र्याउन सकिने बताउनुभयो । नन्दन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष घनश्याम कंडेलले नेपालीहरुका महान पर्वले सबै उपझोक्ताहरुमा खुशी छाओस् भन्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा नन्दन सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष टिकाराम सुवेदी, ज्येष्ठ नागरिक कल्याण प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारी, उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कंडेल, विजय एफएम र विजय खबर पत्रिकाका जनसम्पर्क अधिकारी तिलक सुवेदी, नन्दन सामुदायिक वन उपभोक्ता समूहका पुर्व उपाध्यक्ष हरिमाया अधिकारी, वर्तमान कार्य समिति सदस्य रविलाल कंडेल, मदन चालिसे, अनुगमन तथा मुल्याड्ढन उप समितिका सदस्य होमनाथ सापकोटा लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । सो अवसरका धवाह तालको प्रचार प्रसारका लागि सबै सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।

Share.

Leave A Reply