कालिका संस्कृत विद्यापिठमा सरस्वती मन्दिरको शिलान्यास

0


तिलक सुवेदी
कार्तिक ९, गैंडाकोट । कालिका संस्कृत विद्यापिठमा सरस्वती मन्दिरको शिलान्यास गरिएको छ । शनिबार बिहान एक समारोहकाबीच कालिका संस्कृत विद्यापिठका सञ्चालक समिति अध्यक्ष तिलकप्रसाद सापकोटाले मन्दिरको शिलन्यास गर्नुभएको हो । उहाँले सबैको सहयोगमा मन्दिर निर्माण हुन लागेको जानकारी समेत दिनुभयो ।

पैसा नभएता पनि कालिका संस्कृत विद्यापिठमा मन्दिरको आवश्यकता रहेकोले मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष सापकोटाले बताउनुभयो । कार्यक्रममा कालिका संस्कृत विद्यापिठका कोषाध्यक्ष ओमप्रसाद सापकोटा, ज्येष्ठ नागरिक कल्याण प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारी, उपप्राध्यापक डाक्टर गोपिनाथ कंडेल, कालिका छात्र परिषद्का सचिव विद्यार्थी रविन चापागाईंले मन्तव्य राख्नु भएको थियो । मन्दिर निर्माण उप–समितिका संयोजक बेदप्रसाद गौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको सहजिकरण कालिका संस्कृत विद्यापिठ सञ्चालक समितिका सदस्य सचिव एवम् प्राचार्य रामचन्द्र कंडेलले गर्नुभएको थियोे ।

Share.

Leave A Reply