ढोडेनीमा सम्पन्न फुटवल प्रतियोगिताको उपाधी देउराली सामुदायिक बन गैंडाकोट ३ लाई

0

तस्बिर ः इन्द्रज्योति पोखरेल

माया कंडेल, गैडाकोट, ८ कार्तिक । ढोडेनी फुटबल क्लब गैडाकोट ३ द्धारा आयोजित खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधी देउराली सामुदायिक बन गैंडाकोट ३ ले हात पारेको छ । दासढुङगा फुटबल क्लबलाई ० का बिरुद्ध २ गोलले स्तब्ध पार्दै उपाधी जितेको हो । उपाधीसँगै ५० हजार १ सय १ रुपैया नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र पनि जितेको छ ।

तस्बिर ः इन्द्रज्योति पोखरेल

देउराली सामुदायिक बन गैंडाकोट ३ का लागि अमिन मगरले महत्वपूर्ण १ गोल गर्नुभयो भने अर्को १ गोल दासढुङगा फुटबल क्लबले आत्मघाती गोल गरेपछि उपहार स्वरुप देउराली सामुदायिक बन गैंडाकोट ३ ले प्राप्त गरेको थियो । द्धितिय हुने दासढुङगा फुटबल क्लबले ३० हजार १ सय १ रुपैया सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । प्रतियोगितामा अभिषेक चापागाई उत्कृष्ट खेलाडी हुनुभएको छ । उहाँले मायाको चिनो स्थानीय स्तरमै निर्मीत आकर्षक डाली र २ हजार नगद, सर्वोउत्कृष्ट गोलरक्षक देउराली सामुदायिक बन गैंडाकोट ३ का सफल खत्री हुनुभयो । उहाले मायाको चिनो स्थानीय स्तरमै निर्मीत आकर्षक डाली र २ हजार नगद प्राप्त गर्नुभएको छ भने सर्बोउत्कृष्ट गोलकर्ताका रुपमा खेल अबधीभर ४ गोल गर्नुभएका दिपेन्द्र आले मगर घोषीत हुनु्भयो । उहाँले मायाको चिनो स्थानीय स्तरमै निर्मीत आकर्षक डाली र ३ हजार नगद पुरस्कार प्राप्त गरेको खेलकुद संयोजक सोम पुलामीले जानकारी दिनुभयो ।
यसैबिच आज नै समापन समारोह र पुरस्कार वितरण कार्यक्रम भएको थियो । जसमा गैंडाकोट नगरपालीकाका नगरप्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उहाँले खेलकुद र खेल क्षेत्रको बिकासका लागि नगरपालिकाले आवश्यक पहल गरिरहेको बताउनुभयो । खेल क्षेत्रले स्थानीयदेखी अन्र्तराष्ट्रिय स्तरमै देशको गरिमा र शान बढाउन महत्वपूर्ण भुमीका खेलेको भन्दै खेल क्षेत्रको बिकासमा नगरको बिशेष सहयोग रहने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालीकाकी उपप्रमुख बिष्णुकुमारी कंडेलले खेल क्षेत्रको बिकास आवश्यक रहेको बताउनुभयो । उहाले ढोडेनी फुटबल क्लब गैडाकोट ३ ले आयोजना गरेको खेलमा मायाको चिनोका रुपमा बितरण गरिएको आर्कषक डालीले स्थानीय उत्पादनलाई महत्व दिएको बताउदै स्थानीय उत्पादन र संस्कृतिको प्रचारप्रसार हामी आफैले गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष शिवजकान्त तिवारी , नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेल, संगिता घिमिरे, भिम बशादुर कुमाल, सुकबहादुर दराई, गंैडाकोट ७ का वडा सदस्य ईश्वरी चापागाई फुटबल संघ पूर्वी नवलपरासीका महासचिव लक्ष्मण कार्की लगायको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण ढोडेनी फुटबल क्लब गैडाकोट ३ का सचिव ईन्द्रज्योती प्रोखरेलले गर्नुभएको थियो ।

Share.

Leave A Reply