गैंडाकोट १३ सिख्रौलीमा होटल कालावञ्जर एण्ड गार्डेन रिसोर्ट सञ्चालनमा

0


प्रेम क्षेत्री
कार्तिक ८, गैंडाकोट । गैंडाकोट १३ सिख्रौलीमा शुक्रबारदेखी होटल कालावञ्जर एण्ड गार्डेन रिसोर्ट सञ्चालनमा आएको छ । रिसोर्टको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभएको हो । सो अवसरमा गैंडाकोट नगर उपप्रमुख विष्णुकुमारी कंडेल, गैंडाकोट ५ का वडाध्यक्ष नवराज कंडेल, गैंडाकोट १३ का वडाध्यक्ष पदमलाल पौडेल लगायतको उपस्थिती रहेको थियो । उहाँहरुले रिसोर्टले पर्यापर्यटनमा सहयोग पुग्ने बताउनुभएको थियो । उहाँहरुले आन्तरिक तथा बाह्य पर्यटक आगमनमा वृद्धि हुने विश्वास व्यक्त गर्दै व्यवसाय सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।


गैंडाकोटका ५ जनाको करिब ३ करोडको लगानीमा सो रिसोर्ट सञ्चालनमा ल्याईएको रिसोर्टका अध्यक्ष तुलाराम पौडेलले जानकारी दिनुभयो । तुलाराम पौडेल, विष्णु गौतम, धनप्रसाद सापकोटा, झलक पौडेल, राजाराम अधिकारीको लागानी रहेको सो रिसोर्ट १५ कठ्ठामा फैलिएको छ ।

रिसोर्टमा ४ वटा कोठा सहितको आवासको व्यवस्था, ५ वटा कटेज र अन्य रेष्टुरेन्टको व्यवस्था गरिएको छ । १ पटकमा ५० देखी ६० जनासम्म सेवाग्राहीलाई सेवा प्रदान गर्न सकिने गरि रिसोर्ट सञ्चालन गरिएको म्यानेजिङ डाईरेक्टर विष्णु गौतमले जानकारी दिनुभयो ।

उहाँले रिसोर्ट अझै निर्माणाधिन अवस्थामा रहेको जनाउँदै व्यवस्थित हल निर्माण गरिने बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको अवलोकन समेत गर्नेगरि व्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply