मुकुन्दपुर वेल फेयर सोसाईटीद्वारा दुर्गा आधारभुत विद्यालयलाई सहयोग

0


प्रेम क्षेत्री
कार्तिक ८, गैंडाकोट । शैक्षिक क्रियाकलापमा सहज होस् भन्ने हेतुले मुकुन्दपुर वेल फेयर सोसाईटी गैंडाकोटले दुर्गा आधारभुत विद्यालय पितौजीलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । शैक्षिक क्रियाकलापमा सहज होस् भन्ने हेतुले आधुनिक शिक्षाका लागि ३२ ईन्चको स्मार्ट टेलिभिजन विद्यालयलाई हस्तान्तरण गरिएको मुकुन्दपुर वेल फेयर सोसाईटीका प्रतिनिधी मोहनलाल अर्यालले बताउनुभयो । सो अवसरमा बोल्दै मुकुन्दपुर वेल फेयर सोसाईटीका सल्लाहकार रामचन्द्र धितालले यसले विद्यार्थीलाई अध्ययनमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालयलाई सहयोग प्रदान गरेकोमा धन्यवाद तथा आभार व्यक्त गर्दै दुर्गा आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गैंडाकोट १० का वडाअध्यक्ष देवीदत्त कंडेलले यसको सहि सदुपयोग गर्ने बताउनुभयो । पिछडीएको समुदायको स्वास्थ्य, शिक्षा र खेलकुदलाई प्रोत्साहन गर्ने हेतुले २ वर्ष अघि यसको गठन गरिएको मुकुन्दपुर वेल फेयर सोसाईटीका प्रतिनिधी मोहनलाल अर्यालले बताउनुभयो । हाल सोसाईटीमा स्वतःस्फुर्त रुपमा २० भन्दा वढि युवा आवद्ध रहेका छन् ।

Share.

Leave A Reply