विश्व पोलियो दिवसको अवसर पारेर शान्ती ¥याली

0

प्रेम क्षेत्री
कार्तिक ७, गैंडाकोट । विश्व पोलियो दिवसको अवसर पारेर बिहिबार रोटरी ईन्टरनेशनल अन्र्तगत चितवन र नवलपुरमा शान्ती ¥याली सहितको चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

रोटरी क्लब अफ गैंडाकोट, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ रत्ननगर र रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा रत्ननगर टाँडीदेखी गैंडाकोट सम्म ¥याली निकालिएको हो ।

¥याली पछि गैंडाकोट कांग्रेसचोकमा आयोजित कोणसभामा रोटरी क्लब अफ चितवनका अध्यक्ष राजु पौडेल, गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल, प्रमुख अतिथि रोटरी डिस्ट्रिक ३२९२ का पुर्व डिस्ट्रिक गर्भनर रबिन्द्रकुमार पिया लगायतले रोटरीले पोलियो उन्मुलनमा खेलेको भुमिकाका बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटानका पोलियोप्लस चेयर निरञ्जन प्रधान, गैंडाकोट ५ का वडाध्यक्ष नवराज कंडेल, ट्राफिक प्रहरी गैंडाकोटका ईन्चार्ज कुलबहादुर बिक, रोटरी क्लब अफ गैंडाकोटका अध्यक्ष करुणासागर सुवेदी, रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सुशनलाल प्रधान, रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरी, रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अशेष भण्डारी, रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेल, रोटरी क्लब अफ गैंडाकोटका चार्टर प्रेसिडेन्ट भिमप्रसाद शर्मा, निवर्तमान अध्यक्ष गोपेन्द्रकेशरी न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम संयोजक तथा जोन २३ का एसिस्टेन चन्द्रमान श्रेष्ठले धन्यावद ज्ञापन सहित सभा विसर्जन गर्नुभएको थियो ।

Share.

Leave A Reply