रामपुर आएका १५ देशका वैज्ञानिकद्धारा गैडाकोट १२ को घाँस स्रोत केन्द्रको अवलोकन

0

डोलराज रानाभाट, गैडाकोट, ५ कार्तिक ।
चितवनको रामपुरमा सम्पन्न एसिया क्षेत्रीय बाख्रा विज्ञ सम्मेलनमा आउनुभएका वैज्ञानिकहरुले गैडाकोट १२ मा रहेको घाँस स्रोत केन्द्र र वाख्रा फर्मको अवलोकन गरेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भएको सम्मेलन सकिएपछि १५ देशका वैज्ञानिक, अनुसन्धानदाता, उद्यमी, विद्यार्थी र किसानहरुले गैडाकोट १२ का युवा किसान विष्णु भट्टको श्रीस्वास्थानी घाँस स्रोत केन्द्रको स्थलगत अवलोकन गरेका हुन् । चीन, भारत, पाकिस्तान, अमेरिका, इटाली, क्यानडा, जापान केन्या लगायत देशका बैज्ञानिकहरुलाई भट्टले आफ्नो घाँस केन्द्रको बारेमा जानकारी गराउँदै विदेशीएका युवालाई नेपालमै कृषि कर्म गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन पनि आफूले यो व्यवसाय गरेको जानकारी दिनुभयो ।
घाँसको प्रजाती र यसका प्रकार लगायतका जिज्ञासालाई सम्वोधन गर्दै भट्टले आफूले विदेशको यात्रालाई स्थगित गरेर नेपिएर जातको व्यवसायिक घाँस खेती गरेको र हिमाली भेग वाहेक प्राय सवै क्षेत्रमा यो जातको घाँस उत्तम हुने उहाँको भनाई थियो । ८ विगाहा क्षेत्रफलमा लगाएको घाँसको वेर्ना विक्रि गर्ने गरेको र हरेक किसानलाई पशुपालन गर्नु अघि पर्याप्त घाँस लगाउन उहाँले सुझाव थियो ।
आफूले पनि घाँसको वेर्ना मात्रै विक्रि गरेको बताउँदै सुपथ मुल्यमा उपलब्ध गराएको घाँसले किसानहरु खुशी भएको बताउनुभयो । अनुगमनमा पुग्नु भएका विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाले आफूहरुले आयोजना गरेको बाख्रा सम्मेलनले नेपालमा व्यवसायिक वाख्रा पालनको पर्याप्त सम्भावना रहेको निश्कर्ष सहित फैलिरहेको पीपीआर रोग देशबाट निर्मूल पार्ने सरकारको लक्ष्यमा आफूहरुले साथ दिने गरी समिति बनेको बताउनुभयो ।


साथै विष्णु भट्टले गरेको घाँस खेतीले व्यवासयिक वाख्रापालनमा सहयोग पुग्ने भन्दै पर्याप्त घाँस लगाएर मात्रै पशुपालनमा लाग्न सवैमा आग्रह गर्नुभयो । सोही अवसरमा उक्त टोलीले सिख्रौलीमा रहेको बगैचा फार्म हाउस वाख्रा स्रोत केन्द्रको पनि अवलोकन गर्दै संचालक श्रीभद्र आचार्यको व्यवस्थित वाख्रा खोर देखेर सवै खुशी देखिएका थिए । ३५ वटा वाख्राबाट सुरु गरिएकोमा अहिले वयर जातको ३५० वाख्रा पाल्दै आउनुभएका आचार्यले सरकारले वाख्रा विरामी हुँदा प्रयोग गर्नुपर्ने औषधि आयातमा अनुमति नदिँदा समस्या भएको बताउनुभयो ।

Share.

Leave A Reply