स्वतन्त्र भूपू सैनिक सहकारी, जनकल्याणकारी संस्था र महिला समूहको साधारणसभा सम्पन्न

0

प्रेम क्षेत्री, कार्तिक ६, गैंडाकोट । स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९औं साधारण सभा, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको १२औं साधारण सभा र भुतपूर्व सैनिक महिला समूहको १०औं साधारणसभा गैंडाकोटमा सम्पन्न भएको छ ।

गैंडाकोट ४ स्थित फेमली क्याफेमा संयुक्तरुपमा भएको कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले गैंडाकोट सहकारीको उर्वरभुमि रहेको र सहकारीमा सक्षम भएपनि उत्पादनमुखि बन्न नसकेकको बताउँदै उत्पादनतर्फ केन्द्रीत हुन आग्रह गर्नुभयो । उहाँले भूपू सैनिकले देशको रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै उनिहरुलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताउनुभयो । साथै उहाँले गैंडाकोटको समृद्धिका लागि सबै ईमान्दारिताका साथ लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भूपालसिंह छन्त्याल थापाले वित्तीय अनुशासनका नियमहरु अवलम्बन गर्दै अग्रगामी विकासका लाएि एकजुट हुन आग्रह गर्नुभयो ।


भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाका अध्यक्ष नरेन्द्रबहादुर खड्काले भूपु सैनिक, सेवारत सैनिक र तिनका घरका एकाध परिवारका सदस्यलाई एकतावद्ध गर्न सफल भएको बताउँदै सबैलाई एक ठाउँमा उभिन आग्रह गर्नुभयो ।
भुतपूर्व सैनिक महिला समूहकी अध्यक्ष पार्वती भण्डारी भूपु सैनिक, सेवारत सैनिक र तिनका परिवारका सदस्यलाइ वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरि आयआर्जनमा टेवा पु¥याउँदै आएको बताउनुभयो ।
कार्यक्रममा गैंडाकोट ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने, सहकारी अभियान्ता ईन्द्रराज ज्योती पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद गौतम, सहकारी समन्वय मञ्च गैंडाकोटका अध्यक्ष वेदप्रसाद गौडेल, जिल्ला सैनिक बोर्ड भरतपुरका सेक्रेटरी गोविन्दबहादुर थापा, भूपू सैनिक संघ वेल्डिहाका अध्यक्ष गणेशबहादुर मल्ल, चितवन भूपू सैनिक कल्याणकारी क्लबका अध्यक्ष प्रेमबहादुर खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा सहकारीतर्फको प्रगति प्रतिवेदन संस्थाका सचिव बेदबन्धु रेग्मी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष तमबहादुर क्षेत्री, लेखा प्रतिवेदन दुर्गाबहादुर पुन, ऋण उप समितिको प्रतिवेदन संयोजक रामभक्त लम्साल, शिक्षा उप समितिको प्रतिवेदन संयोजक गोविन्दबहादुर क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै भूतपूर्व सैनिक जनकल्याणकारी संस्थातर्फको प्रगति प्रतिवेदन कार्यवाहक सचिव संगीता अर्याल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष शेरबहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा एमविविएस लगायत उच्च शिक्षा हाँसिल गर्ने सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।


संस्थाका उपाध्यक्ष रामभक्त लम्सालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम संस्थाका व्यवस्थापक शिव पौडेलले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भूपालसिंह छन्त्याल थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।
१२ वर्ष अघि २०६४ सालमा भूपु सैनिक, सेवारत सैनिक र तिनका परिवारका सदस्यबीच आपसी सहकार्य, मित्रता र समन्वयमा अनेकतामा एकता भन्ने भावनाबाट प्रेरित भई स्थापित संस्थाले सहकारी संस्थाको पर्वद्धन गरि सदस्य हितका कार्य गर्दै आएको छ । १३ करोड वढिको कारोबार गर्न सफल संस्थाले यस पटक १५ प्रतिशत लाभांश वितरण गरेको थियो । संस्थामा हाल १३ सय ८७ सेयर सदस्य रहेका छन् ।

Share.

Leave A Reply