गैंडाकोट एग्रो मार्टमा माहौल बढ्दै, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमले बनायो रौनक

0


प्रेम क्षेत्री कार्तिक ६, गैंडाकोट । गैंडाकोट ४ स्थित गैंडाकोट एग्रो मार्ट प्रा. लि. सञ्चालनमा आएसँगै दैनिक उल्लासमय बन्दै गईरहेको छ । बुधबार छुट्टै रौनक देखिएको थियो । बुधबार विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रममा राष्ट्रिय लोक गायक प्रजापति पराजुली, गायिका जस्मिना गुरुङ, हास्य कलाकार सुजन भतानी, ऋदम विश्वकर्मा लगायत स्थानीय कलाकारको प्रस्तुती रहेको थियो । गैंडाकोट एग्रो मार्ट प्रा.लि.का अध्यक्ष शालिकराम घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो ।


एग्रो मार्टमा यहि कार्तिक २ गतेदेखी १३ गतेसम्म सञ्चालन गर्नेगरि विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आईरहेको छ । मिनीमार्केटका रुपमा स्थापित एग्रो मार्टमा शनिबार र बुधबार हाट बजार सञ्चालन हुने छ भने अन्य हरेक दिन अन्य सामग्रीको कारोबार गर्न सकिने छ ।


नवलपुर जिल्लाकै नमुना, व्यवस्थित हाटबजार र मिनीमार्केट बनाउने उद्देश्यले गैंडाकोट एग्रो मार्ट सञ्चालन ल्याइएको गैंडाकोट एग्रो मार्ट प्रा.लि.का अध्यक्ष शालिकराम घिमिरेले बताउनुभयो । सञ्चालनमा आएको यस स्थानबाट नुनदेखि सुनसम्मका सबै सामान उपलब्ध हुने अध्यक्ष घिमिरेले बताउनुभयो । गैंडाकोटका शालिकराम घिमिरेसहित श्रीराम सुवेदी, भीमबहादुर कार्की, सूर्यमान कायस्थ, टीकाराम पौडेल र सूर्यप्रसाद पराजुली गरी ६ जनाले करिब ४ करोड बढीको लागतमा सो मिनीमार्केट र हाटबजार सञ्चालनमा ल्याएका हुन् ।
व्यवस्थित तरिकाबाट ६१ वटा सटर निर्माण गरिएको र नमुना हाटबजारका लागि ६४ वटा टहरा निर्माण गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

प्रजाको पति, टेन्सन कति कति ….??? बाकी गीतमा ।गैंडाकोट एग्रो मार्टमा गायक प्रजापति पराजुली ।

Posted by Vijaya FM on Wednesday, 23 October 2019

Share.

Leave A Reply