विकू र विजय एफएमलाई सम्मान

0

कार्तिक ५, गैंडाकोट । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर चितवनले गत वर्ष अत्याधिक रक्त संकलन गरी सान्त्वना स्थान प्राप्त गर्न सफल गैंडाकोटको अग्रणी संस्था विकू बचत तथा ऋण सहकारीलाई र स्वयमसेवी रुपमा गरिएका रक्तदान कार्यक्रमको प्रचारप्रसारमा सहयोग पु¥याएको भन्दै सामुदायिक रेडियो विजय एफ एम १०१.६ लाई प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।

रक्तसञ्चार केन्द्रले यसअघि एक कार्यक्रमका बीच दुवै संस्थाहरुलाई सम्मान घोषणा गरेको थियो । मंगलबार क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको कार्यकक्षमा चितवन शाखाका उपमन्त्री शालिकराम पौडेलले सो प्रशंसा पत्र प्रदान गर्नुभएको हो । सो अवसरमा क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेल र प्राविधिकहरुको उपस्थिति रहेको थियो । संस्थाको तर्फबाट विकू साकोसका सचिव एवम् एफएमका पत्रकार गोविन्द रिमालले ग्रहण गर्नुभएको थियो ।

विकूले गत साउन ३२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा एकैदिन ५५० जनाले रक्तदान गरेका थिए । सामाजिक गतिविधिमा विशेष चासो र तदारुकता देखाउँदै आएको सामुदायिक रेडियोलाई सम्मान गरिएकोमा एफएमका सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै हौसला मिलेको बताउनुभयो ।

Share.

Leave A Reply