जिआरआरद्धारा कुमारवर्ती आधारभुत विद्यालयमा शैक्षीक सामग्री वितरण

0


माया कंडेल , गैंडाकोट
गल्र्स राईजिङ रुम जिआरआरले गैंडाकोट ११ कुमारवर्ती आधारभुत विद्यालयमा शैक्षीक सामग्री वितरण गरेको छ । जिआरआर रुम चितवन नवलपरासीको आयोजनामा कुमारवर्ती आधारभुत विद्यालयमा ३ कक्षा देखी ८ कक्षा सम्म अध्ययन गर्ने ८० जना बिद्यार्थीलाई शैक्षीक सामग्री कपि, कलम , स्केल, ईरेजर , पेन्सिल लगायतका शैक्षीक सामग्री वितरण गरेको हो ।


सबैका लागि शिक्षा, शिक्षाका लागि सहयोग अभियान अन्र्तगत शैक्षीक सामग्री बितरण गरिएको जिआरआर चितवन नवलपरासीका संयोजक सिर्जना कंडेलले बताउनुभयो । उहाँले यसबाट विपन्न वर्गका बिद्यार्थीलाई दिईएकाले अध्ययनमा सहज कंडेलको विश्वास छ । यस्तै कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सुबेदीले सहयोगका लागि धन्यबाद दिदै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा गैंडाकोट ११ का वडाध्यक्ष गोबिन्दप्रसाद सुबेदीले शिक्षाका लागि वडाले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा वडा सदस्य ओमकुमारी आचार्य, बुद्धिमाया नेपाली लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
सामाजिक संजालको समुह रहेको यस जिआरआर रुमले यसअघि पनि बिभिन्न सहयोग र सामाजिक कार्य गर्दे आएको छ ।

Share.

Leave A Reply