पिच सुरु भयो गैडाकोट ५ का बाटाहरु

0

डोलराज रानाभाट, गैडाकोट, ३ कार्तिक । खाल्डाखुल्डीले हैरान भएका गैडाकोट ५ का स्थानीय अव भने खुशी भएका छन् । पहिल्यै पिच भइसकेका सडक भएपनि खाल्डैखाल्डाले यात्रामा अप्ठेरो भएका सडकहरु आजबाट पिच गर्न सुरु गरिएको वडा अध्यक्ष नवराज कडेँलले जानकारी दिनुभयो ।

दसैँ पहिल्यै पिच हुने गरि काम अघि बढेको भएपनि वर्षाका कारण लम्बिएको बाटोहरु अव लगातार कालोपत्रे गरिने उहाँले जानकारी दिनुभयो । वर्षा भएन भने चाँडै कालोपत्रे सकिने जानकारी दिँदै आजै बाट काँग्रेस चोकदेखि पिच गर्न सुरु गरिएको जानकारी दिनुभयो ।

कुल २ करोडको लागतमा पिच हुने बाटोहरुमा काँग्रेसचोकबाट सरस्वती स्कुल पुग्ने र त्यहाँबाट कालिका चोक सम्म अनि फेरि कालिका मावि परिक्रमा गरि गैडाकोट ६ को केहि र गैडाकोट ८ का केही भाग पिच गरेर पुन कालिका बाट जनक स्कुलको खेलकुद मैदानमा आएर जोडिने गरि बाटाहरु पिच गर्न थालिएको हो ।

सवै ६ मिटरको बाटो रहेको र सवै वाटो गरेर कुल ५ किलोमिटर बाटो पिच हुने कडेँलले जानकारी दिनुभयो । नगरको १ करोड ५० लाख र बाँकी स्थानीय सहभागीतामा ५ वटा उपभोक्ता समिति गठन गरेर कामलाई तिव्र पारिएको छ ।

”जनप्रतिनिधि नहुँदा बाटो विग्रदा कहाँ गुनासो गर्ने भन्ने समस्या थियो कडेँलले भन्नुभयो, अहिले जनप्रतिनिधि चुनिदा सजिलो भएको र जनप्रतिनिधिहरुलाई पनि आफ्नो जिम्मेवारी हो भन्ने महसुस गराएको छ । यो नै जनप्रतिनिधि हुनुको गतिलो उदाहरण हो । ”

सडकको आजै गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले पनि अवलोकन गर्नुभएको थियो भने कार्यपालिका सदस्य कुमारी रेखा पौडेल,डाडाकालिका बचत तथा ऋण सहकारीका अध्यक्ष भुमा पुनको पनि सहभागिता रहेको थियो ।

Share.

Leave A Reply