गैडाकोटमा भोलि छालारोग शिविर

0

डोलराज रानाभाट, ३ कार्तिक । गैडाकोट नगरपालिकाको स्वास्थ्य तथा सामाजिक शाखाको आयोजनामा भोलि निशुल्क छालारोग शिविर हुने भएको छ । छाला शरीरलाई रक्षा गर्ने महत्वपुर्ण अंग भएपनि मानिसले यसको हेरचाहा नगर्दा धेरै रोग लाग्ने भन्दै यसको जनचेतना र निशुल्क सेवा दिन शिविरको आयोजना गरेको प्रमुख इन्द्रराज शर्माले जानकारी दिनुभयो ।

शिविरमा निशुल्क चेकजाँचका साथै औषधि पनि वितरण गरिने उहाँले जानकारी दिनुभयो । शिविरबाट नगरपालिकाभित्र यदि कुष्ठ रोगीहरु रहेका छन् भने त्यो पनि थाहा हुने भन्दै उहाँले सवैलाई आफ्नो छाला चेकजाँचका लागि शिविरमा आउन अनुरोध गर्नुभएको छ ।

यदि कुष्ठ रोग रहेछ भने त्यसलाई बेलैमा निशुल्क उपचार गर्ने र अन्य व्यक्तिलाई सर्नबाट जोगाउन यसले मद्दत पुग्ने शर्माले बताउनुभयो । साथै स्वयम विरामीको पनि शरिरका वाँकी भाग जोगाउन सहयोग पुग्ने बताउनुभयो । विहानबाट सुरु हुने शिविर नगरपालिका परिसरमा संचालन हुनेछ ।

Share.

Leave A Reply