किसानलाई लक्षितगरी गैडाकोट एग्रो मार्टद्धारा हाट बजार संचालन, पञ्चेबाजा बजार शुभारम्भ

0

डोलराज रानाभाट, गैडाकोट, २ कार्तिक । स्थानीय ६ जना व्यवसायीको ४ करोड बढि लगानी रहेको गैडाकोट एग्रो मार्ट प्रालिले आजबाट हाट बजारलाई संचालनमा ल्याएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको गैडाकोट ४ शिव आयल स्टोरको अगाडि सो हाटबजार संचालनमा ल्याइएको हो ।

नगरपालिका भएपछि थप शहरीकरण बनेको गैडाकोटमा नुन देखि सुनसम्म सुन देखि उनसम्मका सामानहरु उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो । व्यस्थित ६१ वटा शटर रहेको स्थललाई मिनि मार्केट भनिएको छ भने अन्य ६४ वटा टहरा रहेको स्थानमा हाट बजार संचालन गरिएको हो । हाट बजारको आजै नेपाली संस्कृतीको पहिचान बोकेको पञ्चेबाजा बजाएर शुभारम्भ गरिएको प्रा.लिका अध्यक्ष शालिकराम घिमिरले जानकारी दिनुभयो । शुभारम्भको ३ महिना सम्म किसानहरुलाई निशुल्क उक्त हाटबजार प्रयोग गर्न दिने उहाँले बताउनुभयो ।

हाटबजारले स्थानीय उत्पादनलाई बढवा दिने र उत्पादीत वस्तुको उचित मूल्य किसानले पाउनुपर्छ भन्ने उद्देश्यले संचालनमा ल्याइएको उहाँको भनाई छ । साथै बजार प्रवद्र्धन र प्रचारप्रसारका लागि विभिन्न क्षेत्रका व्यक्तिहरुसँगको अन्तरक्रिया कार्यक्रम पनि जारी रहेको घिमिरेले बताउनुभयो । होटल व्यवसायी, ग्रामिण क्षेत्रका सवारी चालक, कृषक लगायतसँग अन्तरक्रिया गरिने र चालकहरुसँगको अन्तरक्रियामा स्थानीय उत्पादन विक्रि गर्ने स्थल गैडाकोटमा छ है भन्ने सन्देश किसानलाई पुर्याउन आग्रह गरिएको छ भने खरिद गर्नुपर्ने सामान पनि सुपथ मुल्यमा पाइने कुराको जानकारी दिन आग्रह गरिएको छ ।

साथै प्रालिले स्थानीय संस्कृतिको जगेर्ना र प्रचार प्रसारका लागि आजदेखि १२ गतेसम्म विभिन्न प्रस्तुती राख्ने छ । आज पन्चेवाजा र भजनको प्रस्तुतीले गैडाकोट एग्रो मार्ट परिसर रमणीय वनेको थियो । भोलि साहित्यीक कार्यक्रम लगायत नृत्य प्रतियोगिता, म्युजिकल चेयर्स सहितका कार्यक्रम रहेको घिमिरेले जानकारी दिनुभयो ।

सुविधाहरुः
निशुल्क पार्किङको व्यवस्था
खानेपानी , शौचालय, फोहोर व्यवस्थापनको उचित प्रवन्ध
हप्तामा ३ दिन हाटबजार लाग्ने लगायत

Share.

Leave A Reply