डाँडा कालिका बचत तथा ऋण सहकारी संस्था गैडाकोट २ को नबौ साधारणसभा सम्पन्न

0

गैडाकोट, २ कार्तिक । डाँडा कालिका बचत तथा ऋण सहकारी संस्था लि गैंडाकोट २ को नवौ साधारणसभा शनिबार गैंडाकोटमा सम्पन्न भएको छ । गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्य एवम् डाँडा कालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुमा पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गैंडाकोट सहकारी शाखाका सहकारी अधिकृत देबेन्द्र गौतम, जिल्ला वचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष माधव गौतम, परिवर्तनका अध्यक्ष भोजकुमारी रिमाल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका सचिव राधा थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्रीमाया थापाले आर्थिक प्रतिवेदन, लेखा संयोजक ईन्द्रबहादुर थापाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष शिवबहादुर पुनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा आशा सिंजाली मगरलाई सम्मान गरिएको थियो । २०६२ सालमा धौलागिरी समूहका नाममा आर्थिक कारोबार गर्दै आएको संस्था २०६८ सालमा सहकारीका रुपमा दर्ता भई सञ्चालनमा आएको छ । सहकारीमा हाल १३०० सदस्य रहेका छन् ।

Share.

Leave A Reply