चितवनका म्याजिकमा यात्रु राख्न मुडा ! एउटामा ४ वटा सम्म

0

डोलराज रानाभाट, १ कार्तिक गैडाकोट । बढि यात्रु चढाउने र धेरै कमाउने लोभमा लागेका चितवनका म्याजिकहरुलाई कारवाही गरिएको छ । तिहार नजिकिदै जाँदा सवारी चेकजाँचमा सक्रिय बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले निर्धारित सिट संख्या भन्दा बढि यात्रु राख्न प्रयोग गरिएका मुडा नियन्त्रणमा लिएर कारवाहीका लागि सवारीको कागजात ट्राफिक प्रहरी कार्यालयमा राखिएकोे छ ।

विहान ८ वजेदेखी ९ः३० वजेसम्म भरतपुर महानगरपालिका १० चौविसकोठी चोकमा चेकजाँच गर्दा नारयणगढ हुँदै पश्चिम चितवन तर्फ जाने २३ वटा म्याजिकहरुमा सिट क्षमता भन्दा बढी यात्रु चढाउने मनसायले २ देखी ४ वटा सम्म मुडाहरु राखेको पाईएपछि त्यस्ता ६० वटा मुडाहरु नियन्त्रणमा लिईएको हो ।

साथै यो अभियानलाई निरन्तरता दिईने बताइएको छ । त्यस्तै आजनै बिहान ५ देखि ८ वजेसम्म भरतपुर महानगरपालिका १ स्थित नारायणगढ बसपार्कमा चेकजाँच गर्दा नारायणगढ हुँदै काठमाण्डौ, पोखरा लगायतका स्थानमा जाने सवारी साधनमा यात्रुलाई टिकट नदिई टिकट काउण्टर भन्दा बाहिरबाटै यात्रु चढाउने सवारीलाई पनि कारवाही गरिएको छ ।

यात्रुहरुलाई तत्काल टिकट काउण्टरमा टिकट लिने व्यवस्था मिलाउनुको साथै ६ वटा सवारी साधनमा ४७ जना यात्रुहरुसँग निर्धारित भाडादर भन्दा प्रतिव्यक्ति रु ४५। देखी रु १००। सम्म बढी भाडा लिएको पाईएकोले बढि भाडा रकमरु ३,५००। फिर्ता गराई आवस्यक कारबाहीको लागि कागजात खिचिएको चितवन ट्राफिकले जानकारी दिएको छ ।

Share.

Leave A Reply