मुख्य मन्त्रीको सपना गैंडाकोटमा विश्वविद्यालय

0

तिलक सुवेदी ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गैंडाकोटमा विश्वविद्यालय बनाउने सपना रहेको बताउनुभयो । मुख्य मन्त्री गुरुङले यस क्षेत्रको विकासमा आफ्नो साथ र सहयोग रहने बताउनुभयो ।

 

पूर्वी नवलपरासीको गैंडाकोटमा बन्ने प्रस्तावित विश्वविद्यालयको स्वरुपका विषयमा नारायणी रिसोर्ट गैंडाकोटमा सरोकारवालाहरु छलफलमा गोष्ठीमा सभागी हुदै मुख्य मन्त्री गुरुङले देश तथा विदेशमा रहेका यति शिक्षित यसरी एक जुट हुनु शिक्षामा जुट्नु गर्वको विषय रहेको बताउनु भयो ।

गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले नेपालले गरेको र नेपालीले चाहेको खुल्ला विश्वविद्यालय स्थापना गर्न लागेको बताउनुभयो । हाम्रो यस अभियानमा मुख्य मन्त्रीको साथ र सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

गैंडाकोटमा यसअघि पनि गैंडाकोटमा विश्वविद्यालय स्थापनाका लागि छलफल गरिएको थियो । सोही छलफललाई आधार मान्दै अहिले फेरी प्रस्तावित नेपाल विश्वविद्यालयबारे द्धितिय परामर्श गोष्ठि सुरु गरिएको थियो ।

Share.

Leave A Reply