विकूको दोस्रो एटिएम सेवा कालीगण्डकीबाट

0


प्रेम क्षेत्री
कार्तिक १, गैंडाकोट । सहकारी ईतिहासमा नै विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवा केन्द्रमा पहिलो पटक एटिएम सेवा शुभारम्भ गरेको छ । शुक्रबार कालीगण्डकी सेवा केन्द्र गैंडाकोट ४ बाट पनि एटिएम सेवा शुभारम्भ गरिएको हो ।
एटिएम सेवाको शुभारम्भ गर्दै विकूका अध्यक्ष केशवप्रसाद सापकोटाले पेपरलेस बैंकीङ् अवधारणालाई अवलम्बन गर्दै संस्था नीति, विधि र प्रविधिबाट चल्नुपर्छ भन्ने मान्यताका साथ विकूले दोस्रो एटिएम सेवाको शुभारम्भ गरेको बताउनुभयो । ५ वर्षभित्र विकूलाई स्मार्ट बैंकीङ्का रुपमा देख्न पाईने बताउँदै उहाँले प्रतिस्पर्धी र प्रभावकारी सेवा विस्तारमा विकूलाई नेपालको नम्बर वान बनाउने गरी बेष्ट एण्ड बिगेष्ट अवधारणा अनुरुप कार्य गर्दै आएको बताउनुभयो । नवलपुरलाई गरीबिमुक्त बनाउने अठोटका साथ कार्य अघि बढाएको बताउँदै उहाँले विकूका हरेक गतिविधी सदस्य केन्द्रीत रहेको बताउनुभयो ।


एससिटि युनियन पे नेटवर्कसँग आवद्ध नेपालभरि रहेका बैंक तथा वित्तीय संस्थाहरुको एटिएमबाट रकम निकाल्न सकिने विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । सहकारी ईतिहासमा नै विकूले पहिलो पटक एटिएम सेवाको शुभारम्भ गरेको जनाउँदै उहाँले सेवा केन्द्रबाट पनि पहिलो पटक एटिएम सेवा सुचारु गर्ने संस्था रहेको बताउनुभयो । नेपाल, भारत र भुटानबाट एटिएम प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो ।


विकूको एटिएमबाट १ दिनमा वढिमा ५० हजार निकाल्न सकिने विकूका सहायक अधिकृत संगिता ढकालले जानकारी दिनुभयो । १ पटकमा वढिमा १६ हजार र १ दिनमा ५ पटक सम्म एटिएम प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो । पौष मासान्तसम्म जुनसुकै एटिएमबाट प्रयोग गर्दा शुल्क नलाग्ने समेत उहाँको भनाई छ ।


उच्चतम प्रविधिको अनुकरणीय प्रयोग गरेवापत यसअघि नेफ्स्कुनले विकू बचत तथा ऋण सहकारी संस्थालाई यस वर्ष नेपालको सर्वोत्कृष्ट संस्थाका रुपमा सम्मान गरेको छ । त्यस्तै युनियन पे ले नेपालका ४ वटा बैंक तथा वित्तीय संस्था मध्ये विकूलाई सम्मान समेत गरेको छ । विकूले जिल्लाका विभिन्न १३ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ । छिट्टै अन्य सेवा केन्द्रमार्फत पनि एटिएम सेवा शुभारम्भ हुने जनाईएको छ ।

Share.

Leave A Reply