विप्लवका दुई कार्यकर्ता नवलपुरको मध्यविन्दु १० बाट पक्राउ

0

डोलराज रानाभाट, ३० असोज । जिल्ला प्रहरी कार्यालय नवलपुरले २ जना विप्लवका कार्यकर्तालाई पक्राउ गरेको छ । नवलपुरको मध्यविन्दु नगरपालिका १० मजुवा खोलाबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हाल मध्यविन्दु १० बस्ने वर्ष अन्दाजी ३५ का गणेश विक र रुकुम चौरजहारी घर भएका अन्दाजी २७ बर्षका का गोविन्द विक रहेको डिएसपी अर्जुन रानाभाटले जानकारी दिनुभयो । शंकाष्पद गतिविधि गरिहेको अवस्थामा भेटेर पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।उनीहरुले अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको हिरासतमा रहेका छन् । प्रहरीले समातेका दुबैजना विप्लवनिकट नेकपाका पार्टी सदस्य नरहने गरी यसअघिनै कारवाही गरिएको वुझिएको छ ।त्यस सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply