ढोडेनीमा भोलिबाट सुरु हुने खुल्ला पुरुष फुटबल प्रतियोगिताको तयारी पुरा

0

डोलराज रानाभाट, गैडाकोट । ३० असोज ।
शुभदिपाबलीको अवसरमा ढोडेनि फुटबल क्लबले आयोजना गरेको दोस्रो नकआउट पुरुष खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

भोलि कात्तिक १ गते बाट सुरुहुने खेलको गैडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले उद्घाटन गर्ने गरी कार्यक्रमको तयारी पुरा भएको ढोडेनी फुटबल क्लब का सचिब इन्द्र ज्योती पोख्रेलले जानकारी दिनुभयो ।

करिब २० टिमको सहभागीता रहने कार्यक्रमको औपचारिक उद्घाटन दिउसो २ बजे गरिने ढोडेनी खेलकुद का संयोजक सोम पुलामी ले जानकारी दिनुभयो। प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार १ सय १ ,द्धितिय पुरस्कर ३० हजार १ सय १ रुपैया सहित सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक र बेष्ट डिफेन्सलाई पनि पुरस्कृत गरिने बताइएको छ ।

Share.

Leave A Reply