देवचुलीका महिलाहरुलाई उत्पादनमा जोड्दै छौँ ः प्रमुख प्रसासकिय अधिकृत भुषाल

0

गैडाकोट, ३० असोज । देवचुली नगरपालिकाको आयोजनामा संचालन भएको ४ दिने उद्घोषक तालिम आज सकिएको छ । समापन कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत विष्णुप्रसाद भुषालले महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन आफुहरुले कार्यक्रमहरु ल्याएको र त्यसलाई क्रमैसँग सचालन गर्दै जाने बताउनुभएको छ । आत्मनिर्भरका लागि उत्पादनमा जोड दिनुपर्ने र नगरपालिकाले व्यसायिक वन्न विभिन्न कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो । कार्यक्रमको सभाअध्यक्ष समेत रहनुभएका भुषालले उद्घोषक तालिममले बोल्न सक्ने बनाएको भन्दै उहाँले अव उत्पादनमा जोड दिनुपर्ने र महिलाहरुले संचालन गरेका धेरै उद्योगहरु राम्रोसँग फस्टाएको भन्दै महिलाहरुका लागि लगानी गर्न नगरपालिका सदैव तत्पर रहनुका साथै योजनाहरु संचालन भइरहेको बताउनुभयो ।

उहाँले वडासभामै आफूहरुलाई आवश्यक तालिमको कार्यक्रम समेट्न जनप्रतिधिहरुसँग आग्रह गर्दै वीचमा आएर थप कार्यक्रम संचालन गर्न कठीनाई हुने बताउनुभयो । साथै मञ्चमा आएर परिचय दिनसम्म अप्ठेरो मान्ने महिला दिदीवहिनीहरु कार्यक्रम संचालन गर्न सक्ने भएको देख्दा आफूलाई खुशी लागेको बताउनुभयो ।

प्रशिक्षार्थी विमला भण्डारीले संचालन गर्नुभएको कार्यक्रममा बोल्दै अर्का प्रशिक्षार्थी पार्वती ओझा दाहाल, रिता चापागाई, सिता पोखरेलले नगरपालिकाकाले १७ वटै वडाका महिलाहरुलाई उद्घोषक तालिम प्रदान गरेकोप्रति आभार व्यक्त गर्दै आफूहरुले सिकेको ज्ञानलाई समुदायमा गएर आदनप्रदान गर्ने र आफू आवद्ध संस्थाको कार्यक्रम आफै सचालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

तालिम प्रभावकारी वनेको बताउँदै अन्य महिलाहरुका लागि पनि यो कार्यक्रम संचालन गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा प्रशिक्षार्थी संगिता वराल सापकोटाले औपचारिक कार्यक्रम संचालन प्रकृयालाई साहित्य मार्फत प्रस्तुत गर्नुभएको थियो । तालिमका प्रशिक्षक एवम बिजय एफएमका समाचार प्रमुख डोलराज रानाभाटले आफ्नो टोल तथा समुदायका हरेक कार्यक्रम संचालन गर्न सुझाव दिँदै आफ्नो अधिकारका विषयमा बोल्न कहिल्यै डराउन नहुने बताउनुभयो । कार्यक्रममा महिला शाखा अधिकृत विमला लम्साल, महिला शाखाकै कर्मचारी सीता पौडेल, जनप्रतिनिधि लगाएको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply