आप्रवासी कामदार हकहित संरक्षण मञ्चको पाँचौ साधारणसभा सम्पन्न

0


असोज ३०, कावासोती । आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पाँचौ साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष युवलाल तिवारीको अध्यक्षतामा, सामी हेल्भेटासका प्रदेश परियोजना संयोजक उमा शर्माको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा संस्थाको अध्यक्षको प्रतिवेदन, आर्थिक प्रतिवेदन र बिधान, संशोधन सहित पारित गर्ने निर्णय गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी सामी हेल्भेटासका प्रदेश परियोजना संयोजक उमा शर्माले सामी परियोजनाले हकहित संरक्षण मञ्च जन्माउन सहयोग गर्यो र आज यो अवस्थामा आईपुगेकोमा खुसी ब्यक्त गदै अब पालिकाहरुसँग समन्वय गरेर अगाडी बढ्न सुझाव दिनुभयो । उहाँले संस्थालाई दिगो बनाउन रिर्टनीहरु स्वयम लागि पर्नुपर्ने बताउनु भयो ।
यसैगरि कार्यक्रममा हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफका कार्यकारी निर्देशक शुरबिर स्थापितले बैदेशिक रोजगारीको समस्या बिदेश गएर फर्किएकाले भन्दा बढि अरुले बुझ्न नसक्ने बताउँदै उनीहरुको समस्यालाई लिएर आगामी दिनमा पनि अगाडी बढ्नुपर्ने बताउनु भयो । उहाँले स्वदेशमा रोजगारी सृजना गर्न स्थानीय तहमा दवाब सृजना गर्न आफ्ना कामहरु अगाडी बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रममा ईन्द्रेणी सामाजिक विकास मञ्चका अध्यक्ष बद्रि सुवेदीले यसअसि सँगै काम गरेको उल्लेख गर्दै जिल्ला टुक्रिएपनि सवाल नटुक्रिएको जनाउँदै आगामी दिनमा पनि संगठनका लागी सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । हाम्रो समाजमा थुप्रै चुनौती रहेको र त्यस सवाललाई उठान गर्न आप्रवाशी हकहित संरक्षण मञ्च राम्रो बिकल्प भएको जनाउनु भयो ।
यसैगरि आप्रवासी परिवार हकहित संरक्षण मञ्च बर्दघाट सुस्ता पश्चिमका अध्यक्ष बलबहादुर थापाले आप्रबासी हकहित संरक्षण मञ्च अझै दिगो बनाउन एक जनाले चाहेर मात्र सम्भव नहुने भएकाले सबैले हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
सम्पन्न साधरणसभाको सञ्चालन संस्थाका सचिव टिका काफ्लेले गर्नु भएको थियो ।

Share.

Leave A Reply