नवलपरासी चितवन पराल तथा भुस व्यवसायी संघको नयाँ अध्यक्षमा नरहरी सापकोटा

0

पवित्रा पराजुली, गैडाकोट, २९ असोज । नवलपरासी चितवन पराल तथा भुस व्यवसायी संघको नयाँ नेतृत्वमा पुन नरहरी सापकोटा चयन हुनुभएको छ । आज सम्पन्न नवौँ साधारण सभा तथा छैठौँ अधिवेशनले सापकोटाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । दुई वर्षे कार्यकालका लागि चयन भएका नयाँ समितिको उपाध्यक्षमा धन वहादुर घिसिङ, सचिवमा गोविन्द राज आचार्य, कोषाध्यक्षमा टेक वहादुर भुजेल चयन हुनुभएको छ । सदस्यहरुमा वैद्यनाथ चौधरी, दान वहादुर चौधरी, नारायण प्रसाद कोइराला, इन्द्र वहादुर कुँवर, यम प्रसाद शर्मा रहनुभएको छ ।

यस अघि साधरणसमा लामो समय देखी पराल तथा भुस संकल बिक्री बितरण गदै आएको नवलपरासी चितवन पराल तथा भुस व्यवसायमा आयतन धेरै हुने र ओजन कम हुदा ढुवानीमा विभिन्न समस्या पर्ने गरेको नवलपरासी चितवन पराल तथा भुस व्यवसायी संघका अध्यक्ष नरहरी सापकोटाले बताउनुभयो , साथै उहाँले पराल तथा भुस खेतबारी बाट नै उठाउनु पर्ने र एकै ठाउँमा प्रयाप्त मात्रामा पराल तथा भुस उपलब्ध नहुदा बिभिन्न ठाउँमा ढुवानी गनुपर्ने तर सागुरा सडक होचा बिजुलीका तारहरुले गर्दा सहज रुपमा ढुवानी गर्न निकै कठिन परेको बताउनुभयो

नवौँ साधारण सभा तथा छैठौँ अधिवेशन बोल्दै सापकोटाले विगत केही बर्ष देखि व्यवसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या बढ्दै गइरहेको र अर्कोतर्फ पशु आहारको रुपमा रहेको पराल भुष जस्ता बस्तुहरु बढ्दो मेसिनको प्रयोगले खेतमा नै खेरा गई रहेको बताउदै यसबाट पछि पशु आहारको समस्या पनि आउन सक्ने बताउदै यस तर्फ पनि सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
नवलपरासी चितवन पराल तथा भुस व्यवसायी संघको समस्यालाई संमबोधन गदै कार्यक्रमा प्रमुख अतिथि रहनु भएका गण्डकी प्रदेश सभा सदस्य कृष्ण चन्द्र नेपालीले आफो एउटा जनप्रतिनिधि भएको हैसीएतले पनि प्रदेश सरकार बाट गनुपर्ने सम्पूण सहयोग गर्ने र यी गुनासा लाई सरकार सम्म पुयाउने प्रतिबधता जनाउनुभयो ।

कार्यक्रममा आथिक प्रतिबेदन प्रस्तुत गदै सस्थाका कोषाध्यक्ष सूर्य प्रसाद बरालले आर्थिक बर्ष ०७५। ७६ मा २१ लाख आम्दानी गरेको मा १९ लाख मात्र खर्च भएको बताउनुभयो , त्यस्तै प्रगति प्रतिवेदन सस्थाका सचिव गोबिन्द राज आचार्यले गनुभएको थियो ।स्वागत मन्त्वय संस्थाका उपाध्यक्ष धन बहादुर घिसीङले राख्नुभएको यस कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी सघं नवलपरासीका अध्यक्ष गोपाल श्रेष्ट , राष्ट्रिय व्यवशयीक पशुपालक तथा दुग्ध उत्पादक कृष समाज नेपालका केन्द्रिय अध्यक्ष आन्द निउरे , राष्ट्रिय व्यवशयीक पशुपालक तथा दुग्ध उत्पादक कृष समाज नेपालका केन्द्रिय प्रदेश नम्बर ३ तथा चितवनका अध्यक्ष बिष्णु अधिकारी लगाएतको उपस्तिथि रहेको थियो । श्रि राम पाटिप्यालेस मा भएको कार्यक्रमको सहजीकरण सस्थाका सल्लाकार संयोजक श्याम सुन्दर पराजुलीले गनुभएको थियो ।

Share.

Leave A Reply