रत्ननगर नगरपालिकाद्धारा आयआर्जनका लागि आर्थिक सहयोग

0

रत्ननगर, २९ असोज । रत्ननगर नगरपालिकाले गरिव तथा विपन्न समुदायको आयआर्जनका लागि बुधवार आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका करण पछाडी परेको समुदायका ९ जनालाई पहिलो चरणमा आर्थिक सहयोग गरेको हो ।

सिलाई कटाई व्यवसाय सञ्चालनको लागि रत्ननगर १२ निवासी भूलु माया आचार्यलाई १० हजार,बाख्राको खोर व्यवस्थापनको लागि सोही वडाकी विष्णुमाया क्षेत्रीलाई १५ हजार रुपैया,सिलाई कटाई व्यवसाय सञ्चालनको लागि वडा नं ११ की पार्वती विकलाई १० हजार,सिलाई कटाई व्यवसाय सञ्चालनको लागि वडा नं १६ की पूmलमाया विकलाई १० हजार रुपैया,बाख्रापालन व्यवसाय सञ्चालनको लागि सोही वडाकी लक्ष्मी विकलाई १० हजार,बाख्रापालनकै लागि वडा नं १६ की आशा गुरुङलाई १० हजार,सिलाईकटाई व्यवसाय सञ्चालनको लागि वडा नं ३ की द्रौपती गुरौलाई १० हजार,ढेलागाडा खरिदका लागि सोही वडाकी सुष्मा तामाङलाई १० हजार रुपैया र सिलाई कटाई व्यवसाय सञ्चालनको लागि वडा नं ३ कै रञ्जना श्रेष्ठलाई १० हजार रुपैया प्रदान गरिएको हो ।

बुधवार आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी र कार्यक्रम संयोजक निर्मला खड्काले सो रकम हस्तान्तरण गरेकी थिइन । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्मा,सामाजिक विकास समितिका संयोजक केशव आचार्य,कार्यपालिका सदस्यहरु सरस्वती लामा,मीना गिरी,भोलादेबी गौडेल लगायतको सहभागिता रहेको थियो ।

विपन्न समुदायको आयआर्जनको लागि सो नगरपालिकाले आर्थिक बर्ष २०७५÷७६ को लक्षित बर्ष कार्यक्रम अन्तर्गत ३५ जनालाई आर्थिक सहयोग गर्ने योजना रहेको भएपनि पहिलो चरणमा ९ जनालार्ई सहयोग प्रदान गरिएको लक्षित बर्ष कार्यक्रम व्यवस्थापन समितिकी संयोजक निर्मला खड्काले जानकारी दिनुभयो ।

Share.

Leave A Reply