गैडाकोटको टाईम फर्माका प्रवन्ध निर्देशक क्षेत्री एपोनको अध्यक्षमा निर्वाचित

0

डोलराज रानाभाट, गैडाकोट, २९ असोज । औषधि उद्योगको क्षेत्रमा लामो अनुभव भएका जि नारायण बहादुर क्षेत्री नेपाल औषधि उत्पादक संघ एपोनको अध्यक्षमा निर्वाचित हुनुभएको छ । चितवनको भरतपुर निवासी क्षेत्री गैडाकोट ४ मा अवस्थित टाईम फर्मास्युटिकल्स प्रा.लि.र हेटौँडामा अवस्थित नेचुरल फ्लावर एण्ड हर्वल प्रालिका प्रवन्ध निर्देशक हुनुहुन्छ भने एपोनका बरिष्ठ उपाध्यक्ष भएर यसअघि काम गर्नुभएको थियो ।

उहाँकै सक्रियतामा सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो२०१९ चितवनमै भव्यताका साथ सम्पन्न भएको थियो । संघको २५ औं वार्षिक साधारणसभामा भएको मतदानमा क्षेत्रीले प्रज्वलजंग पाण्डेलाई ५ मतले हराउँदै अध्यक्ष वन्न सफल हुनुभएको हो । क्षेत्रीले २७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी पाण्डेले २२ मत प्राप्त गर्नुभएको थियो ।

हरेक दुई वर्षमा हुने संघको नयाँ कार्यसमितिका लागि प्रभात रुंगटा, सन्तोष बराल, सुवर्णभक्त जोशी, पृथ्वी राजभण्डारी, विप्लव अधिकारी, महेश प्रसाद प्रधान, प्रेमबहादुर जाटिया, दिपेन्द्रबहादुर प्रधान र विजयराज शाक्य सदस्य पदमा विजयी हुनुभएको छ ।

संघको विधानअनुसार अध्यक्षले बाँकी कार्यसमितिको विभिन्न पदका लागि नवनिर्वाचित व्यक्तिहरुलाई मनोनयन गर्ने परम्परा रहेको छ ।

Share.

Leave A Reply