गैडाको आक्रमणबाट कावासोती १३ मा एकको मृत्यु, एक गम्भीर घाईते

0

डोलराज रानाभाट,गैडाकोट, २७ असोज । नवलपुरको कावासोती १३ मा गैडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

आज बिहान करिब ९ः३० बजेको समयमा कावासोती गैरीमा गैडाको आक्रमणबाट अन्दाजी २५ बर्षिय बुद्ध भनिने आशा गुरुङ गम्भीर घाइते भएको र उहाँको एलाईभ हस्पीटल चितवनमा उपचार चलिरहेको छ ।

यसैविच वेलुका साँढे ५ बजेतिर सोही ठाउँमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुले जानकारी दिएको छ । त्यहि जगलबाट सोही ठाउँका अन्दाजी ५५ वर्षिय गोरे लामाको शव गैडाले हानेर मारेको अवस्थामा फेला परेको हो । नमुना मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिले आज उपभोक्ताको लागि खुल्ला गरेको रसोही क्रममा दाउरा काट्न गएकी गुरुङ र लामालाई गैडाले आक्रमण गरेको स्थानियले बताएका छन् ।

Share.

Leave A Reply