देवचुली नगरपालिकाको आयोजनामा ४ दिने उद्घोषक तालिम सुरु, क्षमता वृद्धिमा सहयोग पुग्ने मेयर श्रेष्ठको विश्वास

0

गैडाकोट, २७ असोज ।
महिलाहरुको शसक्तिकरण र क्षमता अभिवृद्धिका लागि देवचुली नगरपालिकाको आयोजनामा ४ दिने उद्घोषक तालिम आजबाट सुरु भएको छ । आश्विन ३० गतेसम्म संचालन हुने तालिममा नगरपालिकाका १७ वटै वडाबाट ३३ जना महिलाहरुको सहभागीता रहेको छ ।

कार्यक्रमका सभापति एवम् नगरपालिकाका मेयर पूर्ण कुमार श्रेष्ठले नगरपालिका भित्रका महिलाहरुको क्षमता अभिवृद्धिका साथै समाजको नेतृत्व गर्न सक्ने बनाउन तालिमको आयोजना गरेको बताउनुभयो । नगरसभाबाट छुट्याइएको बजेटले तालिमको आयोजना गरेको र तालिममा प्राप्त ज्ञानलाई अभ्यासमा उतार्न अनुरोध गर्दै मेयर श्रेष्ठले चारदिनपछि सार्वजनिक स्थलमा निर्धक्क बोल्न सक्ने क्षमताको वृद्धि गर्न आग्रह गर्नुभयो । सार्वजनिक कार्यक्रममा महिलाहरु बोल्न सक्ने बनाउन नगरपालिकाको उद्देश्य प्राप्तीमा मेहनताका साथ लाग्न उहाँको आग्रह थियो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुषालले कार्यक्रम संचालन गर्दा तथा आफ्नो भनाईहरु राख्दा ढुक्क भएर बोल्न सक्ने बन्न शुभकामना दिँदै उद्घोषण तालिम भएपनि यसले क्षमता अभिवृद्धिका साथै आत्मनिर्भर वन्न समेत यसले सहयोग पुग्ने बताउनुभयो ।

महिला विकास अधिकृत विमला लम्सालले सहजीकरण गर्नुभएको कार्यक्रममा सामाजिक शाखामा कार्यरत सीता पौडेल, राधा पौडेल लगायतको सहभागीता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाट, विजय एफएमका समाचार प्रमुख डोलराज रानाभाटले प्रशिक्षण दिनुभएको छ । साथै महिला शसक्तिकरण र सरकारले प्रदान गर्ने कार्यक्रम तथा सुविधा एवम संविधानमा महिलाहरुका लागि गरिएको व्यवस्था बारे नगरपालिकाका कर्मचारीले पनि प्रशिक्षण दिने बताइएको छ । आज महिला विकास अधिकृत विमला लम्सालले शसक्तिकरणको तालिम दिनुभएको थियो ।

Share.

Leave A Reply