कोठा भाडामा छ ? भन्दै गैडाकोटमा स्टीलका धारा चोरी

0

डोलराज रानाभाट, गैडाकोट, २७ असोज ।
कोठा भाडामा छ ? भन्दै सोध्ने र घरभित्र पसेर धारा चोर्ने चोरहरुका कारण गैडाकोटका वासिन्दा हैरान भएका छन् । फरक फरक शैलीका चोरीहरु बढ्दै जाँदा गैडाकोटका स्थानीयहरु हैरान भएका हुन् । हाफ पेन्ट लगाएका अधवैँसेको नेतृत्वमा ३ जनाको समूहले त्यसरी धाराहरु चोर्दै हिँडेका हुन् ।

आज मात्रै नयाँ बजार चोकको विजय श्रेष्ठ र केपी ट्रेडर्स नजिकै रहेको भुपेन्द्र गौतमको घरमा त्यसरी धारा चोरी भएको हो । सुरुमा प्रवेश गर्दा कोठा भाडाका लागि आएको भन्ने र घरवेटीको अवस्था वुझेपछि स्टीलको धारा फुकालेर प्लाष्टिकको धारा जोड्ने गरेको स्थानीयले बताएका छन् ।

आफूहरु उनीहरुको खोजीमा लागेको र अन्य स्थानीयलाई सचेत वन्न उनीहरुको आग्रह छ । घर भाडामा वस्नेहरुले कोठा खाली छैन भन्दा घरवेटीले धारा जडानका लागि बोलाएको भन्दै उनीहरु जवरजस्ती भित्र पस्ने गरेको र स्टीलको धारा फुकालेर प्लाष्टिकको धारा जडान गरी चोर्ने गरेको स्थानीयको भनाई छ । यता इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख दिपक कुमार कार्कीले शंकाष्पद व्यक्ति देखिनासाथ स्थानीय मिलेर नियन्त्रण लिन आग्रह गर्दै तुरुन्त प्रहरीलाई खबर गर्न पनि आग्रह गर्नुभयो । हालसम्म यस्तो प्रकृतीको घटना कार्यालयमा थाहा नभएको र स्थानीय स्वयम सचेत वन्न उहाँको सुझाव छ ।

Share.

Leave A Reply