रोटर्याक क्लब अफ गैंडाकोटद्वारा धार्मिक पर्यटकियस्थल देवचुली हाइटको अवलोकन

0

 

असोज २५

रोटर्याक क्लब अफ गैंडाकोट द्वारा नेपाल भ्रमण बर्ष २०२० लक्षित गरी धार्मिक पर्यटकिय स्थल देवचुली हाइटको अवलोकन गरेको छ । सो अवलोकन कार्यक्रममा क्लबका १० जना सक्रिय युवाहरुको सहभागिता रहेको थियो भने उक्त कार्यक्रमको संयोजकत्व रोटर्याक्टर विवेक गौतमले गर्नुभएको थियो ।
२०७६ असोज २४ गते यात्रा आरम्भ गरी असोज २५ गते देवचुली, पोखरी र धोवादीको अवलोकन गरी गैंडाकोट फर्किएको कार्यक्रम संयोजक गौतमले बताउनुभयो । उहाँले उक्त स्थानको पर्यटकिय सम्भावनाको अझै पनि पहिचान गर्न नसकिएकोमा चिन्ता प्रकट गर्नुभएको छ । उक्त स्थानको प्राकृतिक सुन्दरता, धार्मिक महत्व, मौसम एवम् सुर्योदय अवलोकनको विषयमा प्रकाश पार्नुभयो । देवचुलीलाई अवको गन्तव्य बनाउन चाहनुहुने जो कोहीलाई रोटर्याक्ट क्लब अफ गैंडाकोटले उचित जानकारीको लागि सधैं तत्पर रहने कुरा कार्यक्रम संयोजक गौतमले बताउनुभयो ।


उक्त स्थान नेपालको तराइ बेल्टकै उच्च उचाइमा रहेको धार्मिक महत्व बोकेको गुफा समेत रहेकाले पदयात्रा मन पराउने आन्तरिक एवम् बाह्य पर्यटकका साथसाथै पर्यटनको क्षेत्रमा काम गर्नुहुने नेपालका सम्पूर्ण सरोकारवालाहरुलाई यस क्षेत्रलाई पनि विशेष महत्वका साथ पर्यटन प्रवद्धन गर्नुपर्नेमा क्लबका अध्यक्ष शरद काफ्लेले जोड दिनुभयो । दुई दिने भ्रमणमा संकलित अनुभव एवम् श्रव्यदृश्य सामग्रीहरुलाई रोटरीको अन्तराष्टिय संजालमार्फत पनि सम्प्रेक्षण गरी नेपाल भ्रमण बर्ष २०२० को महाअभियानमा क्लबले सकेको योगदान गर्ने कुरामा अध्यक्ष काफ्लेले प्रष्ट पार्नुभयो ।


२ दिने पर्यटकिय यात्रामा क्लबका अध्यक्ष शरद काफ्ले, कार्यक्रम संयोजक विवेक गौतम, उपाध्यक्ष शिरिष सिग्देल, अध्यक्ष मनोनित कौशिक राज पन्त, सचिव पुरुषोत्तम काफ्ले, डाइरेक्टरहरु आर्जन पौडेल र पदम थापा, सदस्यहरु प्रारम्भ रेउले, बाबुराम अधिकारी र कौशल सिग्देलको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply