सी भ्रमणः बाहिरी सजावट भन्दा भित्रि तयारी मजवुद हुन आवश्यक ः अर्थविद पोखरेल

0

हिमा अर्याल, २४ असोज । अर्थविद प्रा.डा. गोविन्दराज पोखरेलले दोश्रो ठूलो अर्थतन्त्र भएको देशका चिनिया राष्ट्रपति सी जीन पिङको नेपाल भ्रमणमा छलफल गरिने योजनामा सरकार गम्भिर भएर प्रस्तुत हुनुपर्ने बताउनु भएको छ । बाहिरी सजावट सामान्य रहेको र यसमा टिकाटिप्पणी गर्नु आवश्यक नभएको बताउदै पोखरेलले भित्रि अर्थतन्त्रलाई बलियो बनाउन कस्तो तयारी भएको छ त्यसले अर्थ राख्ने बताउनुभयो ।

विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै पोखरेलले नेपालमा साढे ५ लाख युवा वेरोजगार रहेको बताउदै कृषिमा आधारीत औधोगिकरणका लागि, आयात प्रतिस्थापनका लागि चिनको प्रविधि ल्याउने गरि सम्झौता हुनु पर्ने बताउनु भएको छ ।

कुनै योजनामा सम्झौता भन्दापनि समग्र फाइदा दिनसक्ने योजना र चीनले प्रयोगमा ल्याएको औद्योगिक नीति र प्रविधि जस्ता विषयमा नेपालले कसरी प्रयोग गर्न सक्छ भन्ने विषयमा केन्द्रीत छलफल हुन आवश्यक रहेकोमा जोड दिनुभयो । यस्ता विषयमा समझदारी भएमा देशको विकासलाई सहयोग पुग्ने उहाँको भनाई छ ।

सुरुङमार्ग र रेलमार्गजस्ता कुराले केहि प्रभाव पार्ने तर देशमा नीतिगत सुधार नहुदा सम्म यस्ता हावादारी कुरामा समय व्यतित गरिरहने हो भने विकासको पाटो पछाडि रहने बताउनु भयो । राम्रो सडक बनाउनु पर्ने, ढुवानीलाई सहज बनाउने र उत्पादनमा बढावा दिने काममा ध्यान दिन उहाँको सुझाव छ । रेल निर्माण गरिनु सकारात्मक भएको बताउदै उहाँले ऋण लगानी गरेर गरिने आयोजनाबाट आम्दानी कति हुन्छ जसले गर्दा लिएको ऋण तिर्न सकियोस यस तर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

चिनिया राष्ट्रपति सि जिनफीङ भोलि शनिवार नेपाल भ्रमण आउँदै हुनुहुन्छ । विभिन्न एजेण्डा वाहिर आइरहदा वास्तवमा नेपालको आवश्यकता चाहिँ के हो ? कुराकानी गर्दै बरिष्ठ अर्थविद् एवम योजना आयोगका पूर्व उपाध्यक्ष प्रा डा. गोविन्दराज पोखरेल

Posted by Vijaya FM on Thursday, 10 October 2019

Share.

Leave A Reply