दशैंको खुशी बाड्न प्रधानमन्त्री पत्नी शाक्य मानवसेवा आश्रममा

0

गैडाकोट, असोज २३ । प्रथम महिला तथा प्रधानमन्त्रीको श्रीमती राधिका शाक्यले आज मानवसेवा आश्रम सामाखुशीमा आश्रय लिइरहेका असहाय सहयोगापेक्षी (लक्ष्मीनारायण) हरूसँग दशैंको खुशीयाली साटासाट गर्नु भएको छ । उहाँले आज आश्रममा आश्रय लिइरहेका सम्पुर्ण लक्ष्मीनाराण तथा बालगोपालहरूलाई टिका लगाई भोजन गराउनु भएको हो । साथै आश्रमको सेवालाई सहज बनाउन रु. ५०,००० (अक्षरूपी रू. पचास हजार सहयोग) समेत गर्नुभएको छ । कुरा काट्ने र अघि बढ्न बाधा मात्रै दिनेहरूलाई देख्दा, अनुहार हेरौं जस्तो नलाग्ने भन्दै निवास्र्थ समाजको भलाईको लागि लागेको समुहलाई देख्दा उनीहरूलाई सकेको सहयोग गरौं भन्ने भावना जागेर आउने बताउनुभयो । मानवसेवा आश्रम आफुहरूको लागि समेत प्रेरणाको स्रोत बनेको बताउनुभयो ।

देश चाडै बेसहारा रहित बन्नेमा विश्वास व्यक्त गर्दै उहाँले बेसहारा रहित नेपाल नेपाल सरकारको पनि प्रार्थ्मिकतामा परेको बताउनुभयो ।

Share.

Leave A Reply