विजयादशमीको टीकाको साइत मंगलबार बिहान १० बजेर ३५ मिनेटमा

0

गैंडाकोट

यो वर्ष विजयादशमीको टीकाको साइत मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमल जानकारी दिनुभयो छ । विजय एफएम संगै कुराकानी गर्दे उहाले साइत नै खोज्नेका लागि १० बजेर ३५ मिनेटको समय उत्तम रहेको बताउनुभयो । यद्यपि, दुर्गाभवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले हामीसंगको कुराकानीमा बताउनुभयो । बडादसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशीर्वाद लिने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले
विजयादशमीको दिन देवी विसर्जनको साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा रहेको पनि जानकारी दिनुभयो ।

Share.

Leave A Reply