नारायणी नदीमा फेरि एक महिलाको शव फेला

0


डोलराज रानाभाट, गैडाकोट, १७ असोज । नारायणी नदीमा फेरि एक महिलाको शव फेला परेको छ । नदीको गैडाकोट तर्फको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर दिपक कुमार कार्कीले जानकारी दिनुभयो । बारा सिमरा १५ की ५५ वर्षिय देवी भट्टराईको शव फेला परेको र उहाँको शव भरतपुर अस्पतालमा पोष्टमार्टम गरि आजै अन्त्यष्टी गरिने भएको छ ।

विहान शव देखेपछि स्थानीय र सामुदायिक प्रहरीले खवर गर्नेवित्तिकै शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि पठाइएको हो । नुहाउने क्रममा उहाँलाई बगाएको हो या उहाँ हाम्फाल्नुभएको हो भन्ने एकीन नभएको कार्कीको भनाई छ । गैडाकोट १ मा उहाँको छोरी ज्वाई नातापर्नेहरु रहेको भएपनि बाराबाट हिडेदेखि गैडाकोट आउँदासम्म पनि कसैलाई जानकारी नदिनुभएको प्रहरीको भनाई छ ।

घटनाको प्रकृतीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्कीले जानकारी दिनुभयो । गैडाकोट आएरपनि कसैँसग भेट नगरेका बताइएको छ । उहाँले बोकेको झोला पुल मुनि किनारबाट बरामद भएको र त्यसपछि प्रहरीले फोन गरेर बताएपछि परिवारलाई घटनाको बारेमा थाहा भएको थियो । शव पुलबाट झण्डै १ किलोमिटर तल फेला परेको थियो । अहिले सिमराबाट छोराहरु समेत आएर शव अस्पताल लगेका थिए ।

Share.

Leave A Reply