खरीद बिल नदेखाउने कपडा व्यापारीमाथि कारवाही   

0

काठमाडौँ, १६ असोज (रासस) ः
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरीद बिल नदेखाउने दुई कपडा पसलमाथि जरिवाना गरेको छ । बजार अनुगमनमा गएको विभागको टोलीले कीर्तिपुरस्थ्ति श्री आरवी फ्लोरिङ एण्ड फर्निसिङ तथा वेटर कलेक्सन रेडिमेड वयर्सविरुद्ध रु पाँच÷पाँच हजार जरिवाना गरेको हो । ती फेन्सी पसलले बिक्री गर्ने सामानको खरीद बिल लुकाएका थिए ।

त्यसैगरी टोलीले ट्याङ्लाफाँटस्थित कीर्ति मिनी मार्ट र ब्रदर्श सेन्टरले म्याद सकिएको खाद्य सामग्री बिक्री गरेको पाइएपछि तत्कालै खान अयोग्य सामग्री फिर्ता गर्न लगाएको थियो । ती पसलका सञ्चालकलाई स्पष्टीकरण र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।

Share.

Leave A Reply