चितवन ट्राफिक प्रमुखनै सवारी चेकजाँचमा सक्रिय

0

डोलराज रानाभाट, गैडाकोट, १६ असोज । बढी भाडा लिएको गुनासो आएपछि चितवन ट्राफिक प्रमुखनै सवारी चेकजाँचमा उत्रनुभएको छ । आज यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख र ट्राफिक प्रमुख चन्द्र गिरी समेतको संयुक्त टोलीद्धारा अपरान्ह ४ वजेदेखी ६ वजेसम्म भरतपुर महानगरपालिका १ आँपटारी चोकमा चेकजाँच गरिएको हो । सो क्रममा काठमाण्डौ बाट नारायणगढ र पोखरावाट नारायणगढ तर्फ आउँदै गरेका २ वटा माईक्रोवसले १६ जना यात्रुसँग प्रतिव्यक्ति रु १००। का दरले बढी भाडा लिएको पाईएपछि बढी भाडा रकम फिर्ता गराईएको छ । उनीहरुलाइ नियमानुसार कारबाही गरिएको र १२ वटा वस तथा माईक्रोवसले सिट क्षमता भन्दा बढी यात्रु चढाएको पाईएकोले क्षमता भन्दा बढी यात्रुलाई अर्को सवारीको व्यवस्था मिलाई चालकलाई नियमानुसार कारबाही गरिएको ट्राफक प्रहरी चितवनले जानकारी दिएको छ ।

Share.

Leave A Reply