विजय विकास स्रोत केन्द्रको ३४ औं वार्षिक साधारण सभा तथा २१ औं अधिबेशन एवम् अनुभव तथा शुभकामना आदानप्रदान

0

प्रेम क्षेत्री
असोज १६, गैंडाकोट । विजय विकास स्रोत केन्द्र (भिडिआरसी) को ३४ औं वार्षिक साधारण सभा तथा २१ औं अधिबेशन एवम् अनुभव तथा शुभकामना आदानप्रदान कार्यक्रम अहिले चलिरहेको छ । विगत ४ दशकदेखी सामाजिक विकासमा क्रियाशिल गैंडाकोट ८ मा रहेको केन्द्रको चेतना सदन हलमा अहिले बन्द सत्र चलिरहेको छ । विजय विकास स्रोत केन्द्रको २१ औं अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा विजय परिवार अन्र्तगतका संस्थाहरुको संस्थागत जानकारी संस्थाका अध्यक्ष एवम् व्यवस्थापकहरुले प्रस्तुत गर्नुभएको थियो । विजय परिवारमा विजय विकास स्रोत केन्द्र, विकू बचत तथा ऋण सहकारी संस्था लि., विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि.(विजय एफएम १०१.६ र विजय खबर पत्रिका), विजय सामुदायिक शिक्षा सहकारी संस्था लि.(विजय सामुदायिक शिक्षा सदन), विजय लघुवित्त वित्तिय संस्था लि., विजय कन्सल्टि∙ प्रा.लि., विजय फाउण्डेशन नेपाल र विजयश्री उपभोक्ता सहकारी संस्था लि. रहेका छन् ।
कार्यक्रममा विजय विकास स्रोत केन्द्रको आर्थिक वर्ष २०७५÷०७६ को प्रगति प्रतिवेदन सचिव कृष्णप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित ४४ कार्यक्रममध्ये २० वटा पुर्णरुपमा, १८ वटा आशिंकरुपमा कार्यान्वयन गरिएको जानकारी दिनुभयो । उहाँले ६ वटा कार्यक्रम भने कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७६÷०७७ मा नियमित कार्यक्रम, विशेष कार्यक्रम, क्षेत्रगत कार्यक्रम र साझेदारी कार्यक्रम गरि ४ प्रकारमा विभाजन गरि कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।
विषेश कार्यक्रम अन्तर्गत बैठक सञ्चालन, साधारण सभा एवं वार्षिकोत्सव, सम्मान र पुरस्कार रहेका छन् । त्यस्तै विशेष कार्यक्रम अन्र्तगत मानव संशाधन विकास तथा व्यवस्थापन, शेयर थप गर्ने, परिस्थितिजन्य कार्य गर्ने, विजय परिवारसँग सहकार्य र ज्ञान तथा विचार केन्द्रका रुपमा विकास गर्ने रहेको छ । क्षेत्रगत कार्यक्रम अन्तर्गत सुशासन, वकालत अभियान र पैरवी, बालबालिका युवा तथा महिला सहभागिता, सुधारोन्मुख जीविकोपार्जन, स्रोत केन्द्र सञ्चालन लगायतका कार्यक्रम तय गरिएको छ । त्यस्तै साझेदारी कार्यक्रम अन्तर्गत ४२ जिल्लामा पोषण, उद्यमशिलता विकास र प्रवद्र्धन, घरेलु हिंसा कम गर्ने कार्यक्रम सञ्चालन, स्वास्थ्यका लागि सरसफाई, खाद्य सम्प्रभुता र पालिकाहरुसँग सहकार्य गरिने केन्द्रका सचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक प्रतिवेदन तथा २०७६÷०७७ को प्रस्तावित बजेट केन्द्रका कोषाध्यक्ष पार्वती कंडेलले प्रस्तुत गर्नुभएको थियो । उहाँले आर्थिक वर्ष २०७५÷०७६ को ६ करोड ७० लाख ८० हजार २ सय ४८ रुपैयाँ बराबारको आय व्यव विवरण पेश गर्नुभएको थियो । साथै आर्थिक वर्ष २०७६÷०७७ का लागि ७ करोड ५० लाख बराबरको बजेट पेश गर्नुभएको थियो ।
साधारण सभा कार्यक्रममा संस्थापक अध्यक्ष ऋषिराम सापकोटाले तत्कालिन अवस्थामा ४० वर्षअघि सभ्य र समृद्ध समाजको परिकल्पनाका साथ स्थापना गरिएको संस्थाले आज सार्थकता पाएको बताउनुभयो । संस्थाको टिकाउ र दिर्घकालिन रुपमा प्रभाव पर्ने खालका कार्यक्रम ल्याउन सुझाव दिदैं संस्थाको उन्नतीको कामना गर्नुभयो ।
कार्यक्रममा केन्द्रका उत्पे्ररक तिलकप्रसाद सापकोटाले समुदायको उत्थानमा भिडिआरसीको योगदान अतुलनिय रहे पनि प्रचार प्रसार अभावमा ओझेलमा परेको जनाउँदै सोही अनुरुप क्रियाकलाप सञ्चालन गर्न सुझाव दिनुभयो ।
जिल्ला समन्वय समिति उप प्रमुख शारदा विश्वकर्माले सामाजिक विकासमा विजय विकास स्रोत केन्द्रको योगदान अहम् रहेको उल्लेख गर्दै यसले प्रवद्र्धन गरेका संस्थाहरुका कारण पनि राष्ट्रिय स्तरमा ख्याती कमाउन सफल रहेको बताउनुभयो ।
केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले प्राप्त सुझावलाई आत्मसाथ गर्दै आगामी दिनमा अझ परिस्कृतरुपमा प्रस्तुत हुँदै अघि वढ्ने बताउनुभयो ।


केन्द्रका उपाध्यक्ष लक्ष्मि गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको सहजिकरण सह सचिव भुमिराज चापागाईले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट दिर्घ सेवा सम्मान अजिवन सदस्य गोविन्दराज विनोदी, उत्कृष्ट सदस्य ओमप्रसाद सापकोटा, कार्यसमितिबाट कोषाध्यक्ष पार्वति कंडेल र उत्कृष्ट कर्मचारी सुआहाराकी कृषि बजार अधिकृत निता योगीलाई सम्मान गरिएको थियो ।
विजय विकास स्रोत केन्द्र २०३६ साल आषाढ २६ गते विजय युवा कल्बका नामबाट स्थापना भएको गैरसरकारी संस्था हो । समाजमा व्याप्त गरिबी, पछौटेपन, विकृति विसङ्गति, अन्याय अत्याचार जस्ता चुनौतीसँग जुध्दै सभ्य र समृद्ध समाज निर्माणको महान् परिकल्पनाका साथ विजय युवा क्लबको स्थापना भएको हो । विजय युवा क्लबबाट विजय विकास केन्द्रमा रुपान्तरणपश्चात् यसले आफ्नो ज्ञान, सीप र अनुभवहरुबाट समुदायको सामाजिक, आर्थिक रुपान्तरण गर्नका लागि स्थानीय स्रोत पहिचान र परिचालन, स्थानीय समुदायको क्षमता अभिवृद्धि जस्ता क्षेत्रहरुमा परिपक्व अभ्यास गर्दै आईरहेको छ ।

Share.

Leave A Reply