दबाबमा आएर बयान फेरीयो सासंद रेग्मी

0

हिमा अर्याल  १५ असोज।

सासंद उमा रेग्मीले सभामुख कृष्णबाहादुर महरा लाई बलत्कारको आरोप लगाउने रोशनी शाहीले दबाबमा आएर बयान फेरेको बताउनु भएको छ । घटना भएको सोहि रात आफुलाई फोन गरेर घटना बारे बताएको भन्दै अहिले दबाबमा बयान फेर्न लगाइएको   दावि गर्नु भयो । यस घटना प्रति निष्पक्ष छानविन हुनु पर्छ रेग्मीले भन्नु भयो, जती नै ठुलो पदमा भएपनि कानुन सवैको लागि एउटै हुनु पर्छ । दबाबमा नै अर्को खण्डन आउनु संकास्पद रहेको बताउदै उहाँले पारदर्शी तबरले छानविन गर्न माग गर्नु भयो । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उहाँले प्रहरीको काम प्रति विश्वास टुटेको आरोप लगाउनु भयो । प्रहरीले आफ्नो शाख जोगाउन पनि यो विषयको निष्पक्ष्ाँ छानविन गरेर सत्य तथ्य बाहिर ल्याउनु पर्ने र न्याय मरेको छैन भन्ने संदेश दिनु पर्ने बताउनु भयो । न्याय पाइन्छकि पाइदैन राज्यले न्याय दिन्छ कि दिदैन उल्टै दोषि ठहरान्छ कि भन्ने डरले जबरजस्तीकरणीका घटनामा यस्तो बयान फेर्ने क्रम बढेको बताउनु भयो । अहिले सम्म निर्मला काण्डमा पनि सत्य तथ्य बाहिर नआएको भन्दै घटना बाहिर ल्याउदा महिला ले न्याय पाउनु भन्दा पनि थप समस्यामा अल्झाउन तर्फ सवै लागेको देखिएकाले जबरजस्तीकरणका घटना निकै गम्भिर विषय बन्दै गैरहेको उहाँको भनाई छ ।

Share.

Leave A Reply