चितवन कालिका मन्दिरमा छाती र हातमा जमरा उमार्दै कौशिलादेवी

0


प्रेम क्षेत्री
भरतपुर । भरतपुर महानगरपालिका ९ शरदपुर निवासी ४० वर्षिया कौशिला देवी न्यौपाने ढकालले निर्जल निराहरको रुपमा ध्यान बसि छाती र हातमा जमरा उमार्न लाग्नुभएको छ ।

भरतपुर १० स्थित श्री चितवन कालिका मन्दिरमा उहाँले नेपालीहरुको महान चाड विजयादशमीका दिन लगाईने जमरा छाती र हातमा उमार्न लाग्नुभएको हो ।

स्वप्नमा देवीले छाती र हातमा जमरा उमार्न भनेपछि आफुले छाती र हातमा जमरा उमार्न लागेको उहाँले बताउनुभयो । दुईदिन अघिदेखी नै निराहर निर्जल ध्यानमा बसी उहाँले तयारी गरेपश्चात मन्दिरको एक भागमा सुतेर छाती र हातमा जमरा छर्नुभएको हो ।

आध्यात्मिक उहाँले छाती र हातमा जमरा उमार्ने जस्तो कठिन कार्य गर्न लाग्नुभएकाले उहाँलाई सहयोग गर्न मन्दिरमा स्थान छुट्याईएको श्री चितवन कालिका मन्दिरका कार्यबाहक अध्यक्ष टेककान्त पण्डीतले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका, वडा कार्यालय, प्रहरी कार्यालयबाट पत्र प्राप्त भएपछि उहाँलाई स्थान प्रदान गर्नुका साथै आवश्यक प्रवन्ध मिलाईएको मन्दिरका कोषाध्यक्ष कृष्णबहादुर भट्टले जानकारी दिनुभयो ।

Share.

Leave A Reply