चाडपर्वको सुरक्षा योजना राम्रो छ, ढुक्क भएर यात्रा गर्नुहोस् ः एसपी रानाभाट

0

हिमा अर्याल, गैडाकोट, १३ असोज । प्रदेश नम्वर ३ ट्राफिक प्रहरी प्रमुख एसपी प्रकास रानाभाटले दसैँ पर्व सुरु भएसँगै ट्राफिक व्यवस्थापन चुस्त र व्यवस्थित बनाएको बताउनुभएको छ ।

यस पटकको पर्वहरुमा दसैँ बिदामा समेत नबस्ने केन्द्रीय निर्णयपनि भइसकेको र धेरै ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेर यस पटकको यात्रालाई सुरक्षित र व्यवस्थित बनाइएको एसपी रानाभाटको भनाई रहेको छ । बिजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै रानाभाटले यस पटक यान्त्रीक चेकजाँच गरेर राम्रो अवस्थाको सवारी संचालन गर्न पाईने र गतिलाई ख्याल राख्न आग्रह गर्नुभएको छ ।

काठमाण्डौ नागढुँगा सडक जाम हटाउन अहिले लहरीहरुलाई प्रवेश निषेध गरेको र असोज १९ गतेपछि मात्रै प्रवेश गर्न दिने उहाँको भनाई छ । सन्तुलित गतिमा रहेर यात्रा गरे दुर्घटनाबाट बचिने र अन्य हुन सक्ने सम्भावित क्षतीहरुलाई ध्यानमा राखेर योजनाहरु कार्यान्वयनमा आएको एसपी रानाभाटले जानकारी दिनुभयो ।

यात्रु वा सवारी चालक सहचालकलाई कुनै पनि समस्या भएमा यात्रु साहायता कक्षमा गएर गुनासो राख्न सकिने र तुरुन्तै त्यस गुनासोको सम्बोधन हुने जानकारी उहाँले दिनु भयो ।

यदि केही कारण जाम भयो र इमरजेन्सीको विरामी बोकेको एम्बुलेन्स पार गर्न सक्ने अवस्था नआए तत्काल नजिकको प्रहरी वा ट्राफिक प्रहरीलाई खबर गर्न पनि रानाभाटले आग्रह गर्नुभएको छ । त्यस्तो अवस्थामा बैकल्पिक सेवा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । नजिकको प्रहरीका लागि १०० र ट्राफिकका लागि १०३ मा फोन गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँसगको कुराकानी सुन्नुहोस् ।

बढी भाडा लिए तत्काल नजिकको ट्राफिक प्रहरीलाई खबर गर्नुहोस्

बढी भाडा लिए तत्काल नजिकको ट्राफिक प्रहरीलाई खबर गर्नुहोस् , तत्काल कारबाही हुन्छ । यस पटकको पर्वहरुमा सुरक्षित यात्रा गराउन ट्राफिक प्रहरी घर बिदा नलिई खटिएको छ । ढुक्क भएर यात्रा गर्नुहोस् ः प्रदेश ३ ट्राफिक प्रहरी प्रमुख प्रकाश रानाभाट

Posted by Vijaya FM on Sunday, 29 September 2019

Share.

Leave A Reply