भरतपुर ४ मा रहेको युनाइटेड प्याकेजिङमा ठूलो आगलागी , करोडौँको क्षती, आगो अझै नियन्त्रणमा आएन

0

डोलराज रानाभाट, गैडकोट, ७ असोज । चितवन स्थित भरतपुर महानगरपालिका ४ बारघरे दुर्गाचोकमा रहेको युनाइटेड प्याकेजिङ प्रालीमा ठूलो आगलागी भएको छ । आगलागीका कारण बनिसकेका कार्टुन र कच्चा पदार्थका साथै मेसिनहरु पूर्णरुपमा जलेर नष्ट भएका छन् । कावासोती सहित भरतपुरका गरि ५ वटा दमकल प्रयोग गरेर स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले चर्को रुपमा बोलेको आगो नियन्त्रणमा लिएपनि साँझ अवेर सम्म आगो पूर्णरुपमा नियन्त्रणमा नआएको इन्सपेक्टर रविन वावु रेग्मीले जानकारी दिनुभयो ।

कागजमा लागेको आगो भएकाले ठुला ठुला रोलहरुमा सल्किएको आगो नियन्त्रणमा आउन कठीन भएको तर पन्छाउँदै आगो निभाउने काम जारी रहेको जानकारी दिनुभयो । राति अवेरसम्म आगो पूर्णरुपमा नियन्त्रणमा लिने र बुधवारबाट मात्रै क्षतीको यथार्थ विवरण संकलन गर्ने कम्पनीका प्रवन्ध निर्देशक भद्रनारायण पियाले जानकारी दिनुभयो । यद्यपी उद्योगमा भएका सवै सामान जलेका कारण करौडौँको क्षती भएको उहाँले बताउनुभयो ।

छ वटा ब्लकमा रहेका ठूला ठूला सहित सवै कार्टुन र कार्टुन वनाउन प्रयोग गरिने पेपर रोलिङहरु जलेर नष्ट भएको हो । कम्पनीका सुपरभाइजर रामप्रसाद श्रेष्ठका अनुसार चट्यागका कारण आगो लागेको र कम्पनीका सुरक्षा गार्डले सवा २ बजे विहानै आगालागी भएको खवर गर्नासाथ आगो निभाउने काममा खटिएको उहाँको भनाई छ भने विहान ३ बजेमात्रै दमकल आएको उहाँले बताउनुभयो ।

पेपरको कार्टुन भएको र ब्लकहरु एक आपसमा जोडिएको र उद्योगका ब्लकको वीचमा पर्खालहरु नहुँदा आगो नियन्णमा लिन कठीन परेको र क्षती बढि हुन गएको छ । जेसिविको प्रयोगबाट उद्योगको पर्खाल नै भत्काएर भित्र सल्किरहेको आगो नियन्त्रणमा लिइएको थियो ।

Share.

Leave A Reply