खसी चोरहरु गैडाकोट प्रहरीको फन्दामा ,भतिजले चोर्ने काकाकोमा लुकाउने

0

डोलराज रानाभाट,गैडाकोट, असोज ५ । राति १ बजे गैडाकोट १ मिलनचोक वस्ने सशीचन्द्र सिग्देलको घरमा २ वटा खसी चोर्ने चोरहरु पक्राउ परेका छन् । मध्यराति चितवन साविक मेघौली गाविस वडा नं. २ घर भई हाल भरतपुर महानगरपालिका वडा नं.१० रमाईलोचोक वस्न्ने वर्ष १९ का धिरज कुमाललाई ईलाका प्रहरी कार्यालय गैडाकोटले पक्राउ गरेको हो । खसी चोरेका उनलाई साँढे १ बजे रातिनै गैडाकोट २ शिलान्याश चोकवाट पक्राउ गरी अनुसन्धान गरिएको थियो । अनुसन्धानकै क्रममा धिरजकै काका नाता पर्ने ४० वर्षिय पंकज भनिने सन्त बहादुर कुमाल पनि पक्राउ परेका छन् । उनीहरुले यसअघि रत्ननगर नगरपालिका वडा नं. १४ वुद्धचोक वस्ने पर्शुराम गुरुङको घरवाट असोज २ गते ४ वटा र सोही स्थान वस्ने नन्दराम गुरुङको घरवाट सोही २ वटा खसी पनि चोरी गरेको पाइएको छ । खसी चोरी भरतपुर महानगरपालिका वडा नं.१० रमाईलोचोकमा रहेको काका पर्नेको कोठामा लुकाई राखेको अवस्थामा गैडाकोट प्रहरीले फेला पार्न सफल भएको हो । दशैँ लगायतका चाडपर्व नजिकिदै जाँदा चोरहरुको पनि विगविगी बढ्न थालेको हो । तर निरन्तर गस्ती बढाइएको र शंकाष्पद व्यक्ति लागेमा तुरुन्तै प्रहरीलाई खबर गर्न गैडाकोट प्रहरीले सवैमा अनुरोध गरेको छ ।

Share.

Leave A Reply