चिनिया राष्ट्रपतिको विचारधारालाई प्रशिक्षणसँगै व्यवहारमा उतार्न सक्नुपर्छ ः राजनीतिक विश्लेषक पौडेल

0

डोलराज रानाभाट, गैडाकोट, ५ असोज । नेकपाले भोलि र पर्सि गर्ने प्रशिक्षण कार्यक्रममा चिनिया राष्ट्रपतिको विचारधारालाई मुख्य रुपमा प्रस्तुत गरिनु राम्रो भएको राजनीतिक विश्लेषक आनन्दराम पौडेलले बताउनुभयो । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै पौडेलले नेकपाले सी जिन फिङको अवधारणालाई प्रशिक्षित मात्र नभई व्यवहारमै उतार्न आवश्यक रहेको बताउनुभयो ।

चिनको विकास र उसले अवलम्वन गरेका सिद्धान्त नेपालले अनुसरण गर्नसके देशको विकासले फड्को मार्ने बताउनुभयो । हुन त नेपालमा पनि सिद्धान्त र नीति गलत नभएको भन्दै यसको इमान्दारीतापूर्वक कार्यान्वयनमा लाग्न नसक्नुनै अहिलेको समस्या भएको बताउनुभयो ।

फिङले सत्ता सम्हालेको ६ वर्ष भएको भन्दै पौडेलले चीनलाई अग्रपंक्तिमा लैजान बनाइने नीति, नीतिलाई योजनामा र योजनालाई कार्यक्रममा र कार्यक्रमलाई कार्यान्वयनमा जसरी लगेको छ यसैलाई नेपालले अनुशरण गर्न जरुरी रहेको बताउनुभयो । नेपाल भने नीति उच्चकोटीकै बनाउने, योजना पनि उत्कृष्ट वनाउने तर कार्यान्वयनमै फितलो हुँदा अझै अन्य देशकै अवधारणामा प्रशिक्षित हुनु परेको बताउनुभयो । चिनिया राष्ट्रपतिले सुरुवाटै जो सम्पतीको लोभमा फस्छ त्यो कम्युनिष्ट वन्नै सक्दैन भन्नुभएको र भ्रष्टचारलाई पनि निर्मूलनै पार्नुपर्छ भनेर लाग्नुभएसँगै त्यसले सफलता पाएको उहाँको भनाई थियो । नेपालले पनि यो अभ्यासलाई आत्मसाथ गर्नुपर्नेमा उहाँको जोड थियो ।

स्कुल विभाग लगायत एकीकरणको धेरै प्रकृया टुगो लागेसँगै नेकपाले सोमवार र मंगलवार प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । यो पटकको प्रशिक्षणमा चिनीया राष्ट्रपति सिजिन फीङको विचारधाराको बारेमा प्रशिक्षण गरिने बताइएको छ । खासमा सिजिन फिङको विचाराधारा नेपालमा आवश्यक छ ? राजनीतिक विश्लेषक आनन्दराम पौडेल

Posted by Vijaya FM on Saturday, 21 September 2019

Share.

Leave A Reply