राष्ट्रिय जागरण अभियानमा नेविसंघ गैडाकोटसँग अन्तरक्रिया

0

डोलराज रानाभाट, ४ असोज । राष्ट्रिय जागरण अभियान अन्तगर्त नेपाली काँग्रेस गैडाकोटले हिजो नेपाल विद्यार्थहरु संघसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । वीपि भवन गैडाकोट काँग्रेस चोकमा भएको कार्यक्रममा नगरभित्रका विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले राजनीतिलाई पाठ्यक्रममै राख्न सुझाव दिएका छन् । राजनीतिनै देशको मूल नीति भएको भन्ने तर धेरै जनताले यसको वुझाइएमा नकरात्मक धारणा आएको भन्दै यसलाई पाठ्यपुस्तकमै समेट्न विद्यार्थीले सुझाव दिएका हुन् । पाठ्यक्रममा राख्न दबाब दिने अगुवाई काँग्रेसले गर्नुपर्ने उनीहरुको सुझाव छ ।

राजनीतिको सन्देश देश र राष्ट्रियता जोगाउन विभिन्न नीति वनाउन गरिने नेतृत्व भएको भएपनि यसैको दुरुपयोग हुँदा नेपाली जनता राजनीति प्रति नराम्रो टिप्पणी गर्ने गरेको विद्यार्थीहरुको गुनासो थियो । त्यसैले राजनीतिको सहित व्याख्या र सिद्धान्त विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिएका थिए । यससँगै नेविसंघमा आउनुभएका नयाँ विद्यार्थीहरुलाई वीपिको नीति, समाजवाद अनि नेविसंघको नयाँ एजेण्डा लगायतमा प्रशिक्षण कार्यक्रम थाल्न पनि विद्यार्थीले भनेका छन् । विद्यार्थीहरु राजनीतिमा आउन हुन्न भन्ने बुझाई घर देखि पढाउने शिक्षकसम्म रहेको भन्दै यो सोचाई हटाउँदै अध्ययनशील व्यक्तिलेनै राजनीति गर्ने हो र यसो भए वल्ला देशेको नीति सफा बन्छ र कार्यान्वय हुन्छ भन्ने वुझाउन विभिन्न कार्यक्रमको थालनी गर्न पार्टीलाई सुझाव दिएका छन् ।

कार्यक्रममा उठेका सवाललाई सम्वोधन गर्दै जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले विद्यार्थीहरुले मागे अनुसारको कार्यक्रम छिट्टै संचालन गर्ने जानकारी दिनुभयो । नेतृत्व तहमा रहेको धेरै नेता विद्यार्थी राजनीतिबाट आएको भन्दै नआत्तिएर नेविसंघमा निरन्तर लाग्न सुझाव दिनुभयो । कार्यक्रममा केन्द्रीय प्रतिनिधि शंकर पाण्डेले विद्यार्थीहरुको सुझाव जस्ताको त्यस्तै केन्द्रमा लगेर वुझाउने र निरन्रत विद्यार्थीको पक्षमा आफू लड्ने बताउनुभयो । कार्यक्रममा काँग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरे, क्षेत्रनम्वर १ क सभापति खेम प्रसाद सापकोटा, अमृत श्रेष्ठले बोल्नुभएको थियो ।

Share.

Leave A Reply