पढ्नै पर्ने एक किताव ‘आजको सरल राजनीति’ गैडाकोटका नेता सापकोटाद्धारा पुन प्रकाशन

0


डोलराज रानाभाट, गैडाकोट, ४ असोज । नेपाली काँग्रेसको दोस्रो जागरण अभियान जारी रहदा गैडाकोटका नेता तिलकप्रसाद सापकोटाले आजको सरल राजनीति नामक पुस्तकको पुन प्रकाशन गर्नुभएको छ । स्वर्गिय सी.के. प्रसाईद्धारा लिखित उक्त पुस्तकमा नेपाली काँग्रेसका नेता, कार्यकर्ताले अध्ययन गरी लिनुपर्ने धेरै सन्देशहरु भएका कारण पुन प्रकाशन गरिएको प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय सदस्य एवम विपि चिन्तन प्रतिष्ठानका संयोजक समेत रहनुभएका सापकोटाले बताउनुभयो । बिजय विकास स्रोत केन्द्र गैडाकोटमा आयोजित कार्यक्रममा जागरण अभियानका केन्द्रीय प्रतिनिधि पूर्व सांसद शंकर पाण्डे र नेपाली काँग्रेस जिल्ला सभापति एवम गण्डकी प्रदेश सांसद विष्णुप्रसाद लामिछानेले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै लामिछानेले आफूहरुले विद्यार्थीकालमा अध्ययन गरेको पुस्तकको पुन प्रकाशन हुँदा खुशी लागेको र नेपाली काँग्रेस र काँग्रेसले देशमा गर्न खोजेको के हो भन्ने स्पष्ट पार्ने भएकाले किताव एक पटक अध्ययन गर्न सवैमा अनुरोध गर्नुभयो । साथै काँग्रेसलाई मात्रै नभएर देशका सवै जनताले सानो कितावमा धेरै ज्ञान प्राप्त गर्न सकिने हुँदा किताव प्रकाशन गर्ने सापकोटालाई धन्यवाद दिँदै नेता र कार्यकर्तामाझ पुस्तक पुर्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा केन्द्रीय प्रतिनिधि एवम पूर्व सांसद शंकर पाण्डेले स्वीकृती लिएर पुस्तकको पुन प्रकाशन गरिएको र प्रजातान्त्रिक समाजवाद र वीपिले उठान गर्नुभएको नीति र सिद्धान्त प्रष्ट वुझिने यो किताव अध्ययन सँगै व्यवहारमा उतार्न सके देशको धेरै समस्या समाधान हुने बताउनुभयो । आफूले प्रजातान्त्रिक समाजवाद नभई सनातन सहितको समाजवाद भन्दै आएको उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि मोहन वहादुर परियारले काँग्रेस भित्रैको अन्तरकलहलले पार्टी कमजोर भएको र गैडाकोटमा उपमेयर विजयी हुँदा मेयर किन भएन भन्दै प्रश्न गर्नुभयो । साथै अहिले अध्ययनशील व्यक्तिहरु आएको भनिएपनि थोरै पढेका भनिएका नेताहरुले नेतृत्व गर्दाको पार्टिको स्तरलाई हाल आएर झन खस्काएको बताउनुभयो । अर्का महाधिवेशन प्रतिनिधि पुष्पराज पौडेलले  अहिलेको काँग्रेसले वीपिले अपनाउने आर्थिक पद्धतीलाई भुलेको भन्दै डन, ठेगेदार, पैसावाला खोज्दै चिल्ला गाडीमा हिँड्ने र पाँचा चारे होटलमा दिन कटाउनेहरुको संख्याले पार्टीमा भिड बढाएको बताउनुभयो । जुन भीडका कारण काँग्रेस हार्दै गइरहेको उहाँको भनाई थियो । पैसावाल खोज्दै हिनेको अहिलेको काँग्रेसलाई स्वर्गिय सि.के. प्रसाईको  कितावले गतिलो पाठ सिकाउने उहाँको दावी थियो । जागरण अभियान भनेर काँग्रेस हिँडेपनि मूल सफा नभएसम्म अन्य क्षेत्रमा सुधार नआउने भन्दै सवैलाई सम्मान र स्थान दिन आग्रह गर्नुभयो ।

कितावको मूल्य रु. ५० राखिएको छ । कार्यक्रममा पुस्तक प्रकाशनका लागि सहयोग पुर्याउने दाताहरुलाई फूलको गुच्छाले सम्मान गरिएको थियो भने कार्यक्रममा गैडाकोटकी उपमेयर विष्णु कुमारी कडेल,पुष्पराज  पाैडेल, केशव प्रसाद सापकोटा,खेमराज सापकोटा, कमला तिवारी,दिनुराम सापकोटा लगायत पुस्तक अतिनै राम्रो भएको र सानो कितावले ठेलीकाठेलीले पुस्तकले दिने ज्ञानभन्दा बढि महत्वपूर्ण भएको बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण बेलबहादुर दराईले गर्नुभएको थियो ।

Share.

Leave A Reply