वडाको समृद्धिका लागि कृषिमा लगानी बढाउने हो – वडा अध्यक्ष सापकोटा

0


गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ६ ले वडाको विकासका लागि कृषि र सडक क्षेत्रलाई प्राथमिकतामा राखेको छ । गैँडाकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले वडाको समृद्धि कृषि क्षेत्रको लगानीले सम्भव भएको बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा वडाले कृषि क्षेत्रमा करिब ७ लाखका विविध योजना सञ्चालन गरेको थियो ।

 

यस बाहेक पनि संसद विकास कोषबाट पनि सहयोग ल्याइ काम भएको वडा अध्यक्ष सापकोटको भनाइ छ । प्रधानमन्त्री पकेट क्षेत्रको रुपमा प्रभाबकारी काम भएको अध्यक्ष सापकोटाले बताउनुभयो । यसले वडाका विभिन्न क्षेत्रबाट उत्पादित मकैको बजारिकरण बढेको सापकोटाको भनाइ छ । सापकोटाले यस आर्थिक वर्षमा पनि माटो सिंचाइ तथा पाइप खरिद, सिंचाइका लागि विद्युतिकरण जस्ता विभिन्न योजना अघि बढाइरहेको बताउनुभयो ।

 


सामुदायिक रेडियो विजय एफएम १०१.६ मा हरेक शनिबार विहान प्रसारण हुने कार्यक्रम हाम्रो नगरमा बोल्दै वडा अध्यक्ष सापकोटाले कृषिको उन्नयनसंग सडक पूर्वाधार पनि जोडिएको हुँदा यस तर्फ पनि वडाले प्राथमिकताका साथ काम गरेको बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा कूल बजेटको ५० प्रतिशत बढी सडकमा लगानी गरेको वडाले यस आर्थिक वर्षमा पनि कूल बजेटको ५३ दशमलब ७१ प्रतिशत सडक निर्माणका लागि बजेट बिनियोजन गरेको छ ।

 

शिक्षा तर्फ वडाले भाग्योदय आधारभूत र सृजनशील बाल विद्यालयको स्तरउन्नतीका साथमा कालिका संस्कृत विद्यापीठ, कालिका नमुना विद्यालयको पूर्वाधार एवं अन्य विकासमा सहयोग पु¥याएको वडा अध्यक्ष सापकोटाले बताउनुभयो । विजय नगर खानेपानीको स्तरउन्नतीका लागि अघिल्ला आर्थिक वर्षमा जस्तै चालु आर्थिक वर्षमा निरन्तरता दिइरहेको वडा अध्यक्ष सापकोटाले बताउनुभयो । वडामा रहेको शिव मन्दिर र सीताराम मन्दिरलाई पनि अघिल्लो वर्ष झैँ यस वर्ष पनि सहयोग रहँदै आएको छ । वडा अध्यक्ष सापकोटाका अनुसार कृषि र सडक बाहेक शिक्षा, खानेपानी तथा सीप विकासका विविध कार्यक्रम तर्फ पनि वडाले चासो राख्दै आएको छ । 2076/06/04

Share.

Leave A Reply