शरीरका यी अङ्गलाई छोइराख्ने बानी छ भने सङ्क्रमण हुन सक्छ

0

 


मानव शरीरका केही अङ्गलाई सकेसम्म नछुनु राम्रो हुने विज्ञहरूको भनाइ छ । उनीहरूका अनुसार यस्ता अङ्गमा पटक पटक छुनाले समस्या उत्पन्न हुन सक्छ । पटक पटक हात लगाउनाले यस्ता समस्या देखिन सक्छ ः
कान  
कतिपयको कानमा बारम्बार औँला वा अन्य वस्तु पसाउने बानी हुन्छ । केक स्कूल अफ् मेडिसिन अफ युएससीका हेड एन्ड नेक सर्जरी प्रमुख एवं प्रोफेसर जोनका निपार्कोका अनुसार कानमा औँंला वा अन्य वस्तु पसाउँदा कानको झिल्ली फुट्न सक्छ ।
अनुहार
छाला रोग विशेषज्ञ डा. नासिर अहमदका अनुसार अनुहारमा हात क्रिम लगाउँदा वा अनुहार सफा गर्दा मात्रै पु¥याउनु पर्छ । त्यसबाहेक हातलाई अनुहारबाट टाँढै राख्नुपर्छ किनकि हातमा कीटाणु सहजै पुग्न सक्छन । त्यही हात अनुहारमा राख्दा बिरामी पर्ने सम्भवना हुन्छ । त्यति मात्र नभई अनुहारमा अनेक सङ्क्रमण पनि हुने खतरा बढ्छ ।
नितम्ब
हार्बर भ्यू मेडिकल सेन्टरको आफ्टर केयर क्लिनिकको मेडिकल डायरेक्टर एमडी पीएचडी जेयर्ड डब्ल्यू क्लेनका अनुसार मलद्वारमा ब्याक्टेरिया हुन्छ । मलद्वारको आसपासमा हात लगे पनि ब्याक्टेरिया सङ्क्रमण हुनसक्छ । यदि नितम्बमा छोए पनि तत्काल हात राम्रोसँग धोई हाल्नु पर्छ । अन्यथा रोगजन्य किटाणुले आक्रमण गर्न सक्छ ।
आँखा
आँखामा केही पस्यो भने सफा पानीले धुनु नै राम्रो हुन्छ । आँखामा कुनै वस्तु बिझेमा त्यस्तो बेला हातले मिच्नु हुँदैन । किनकि हात विभिन्न सङ्क्रमणयुक्त वस्तुको सम्पर्कमा हुन्छ । त्यस अवस्थामा आँखा छोए आँखामा सङ्क्रमण हुने सम्भावना बढेर जान्छ । जसले आँखामा इन्फेक्सन हुन सक्छ ।
मुख
लण्डनमा हालै गरिएको एक अध्ययन अनुसार जब मानिस काम गर्दा गर्दै थकित हुन्छन् त्यस समय एक घन्टामा औसत १३.६ पटक आफ्नो औंला मुखमा वा मुख वरपर राख्ने गर्छन् । व्यस्त हुने अवस्थामा मानिसले ६.३ पटक सम्म यस्तो गर्छ । यसरी मुखमा वा मुख वरपर औंला लैजानाले शरीरमा विभिन्न प्रकारका जीवाणुले एक तिहाइसम्म प्रवेश गर्ने अध्ययनको रिपोर्टमा उल्लेख छ ।
नङमुनिको छाला
नङमुनिको छालामा विभिन्न प्रकारका ब्याक्टेरिया हुन्छन् । ब्रिटिस छाला रोग केन्द्रका छाला रोग सल्लाहकार डेभिड डे बर्करका अनुसार नङ सँधै सानो हुनुपर्छ, जसले गर्दा नङमुनिको छालामा ब्याक्टेरिया कम हुन्छ । साथै नङमा भएको फोहोर सफा गर्न सँधै नेल ब्रसको प्रयोग गर्नुपर्छ । (एजेन्सीको सहयोगमा)

Share.

Leave A Reply